छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने

सारांश

  •     हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा दुबै टिम पुगेका हुन् ।
  •       शुक्रबार सम्पन्न दुई सेमीफाइनल खेलमा रुपनी गाउँपालिकाले तिलाठी कोइलाडी गाउँपालिकालाई ६ विकेटले र दोस्रो सेमीफाइनल खेलमा खेलको नियम विपरित अनुशासनहिन तथा खेल भावना विपरित कार्य गरेकाले कञ्चनरुप नगरपालिकाको टिमलाई अयोग्य घोषित गरिएपछि छिन्नमस्ता गाउँपालिकाको टिम फाइनलमा प्रवेश पाएको हो ।
  •       पहिलो सेमीफाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिकाको टिम १६ ओभर १ बलमा ७३ रनमा अलआउट भयो ।

दैनिक समाचारदाता
राजविराज, १५ वैशाख ।

    छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकाको टिम फाइनलमा प्रवेश गरेको छन् । 
    हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा दुबै टिम पुगेका हुन् । 
    शुक्रबार सम्पन्न दुई सेमीफाइनल खेलमा रुपनी गाउँपालिकाले तिलाठी कोइलाडी गाउँपालिकालाई ६ विकेटले र दोस्रो सेमीफाइनल खेलमा खेलको नियम विपरित अनुशासनहिन तथा खेल भावना विपरित कार्य गरेकाले कञ्चनरुप नगरपालिकाको टिमलाई अयोग्य घोषित गरिएपछि छिन्नमस्ता गाउँपालिकाको टिम फाइनलमा प्रवेश पाएको हो । 
    पहिलो सेमीफाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिकाको टिम १६ ओभर १ बलमा ७३ रनमा अलआउट भयो । रुपनीका सुनिल धमलाले ४ ओभरमा १ मेडेन राख्दै ११ रन खर्चेर ४ विकेट लिए भने राशिद खानले ४ ओभरमा १ मेडेन राख्दै १६ रनमा ३ विकेट लिए । यसैगरी अरनिको यादव र अशोक मेहताले १÷१ विकेट लिए । तिलाठी कोइलाडीका लागि रोविन सिंहले २२, विकास दासले १७तथा रोहनविकले १२ रनको योगदान गरेका थिए । 
    जितको लागि ७४ रनको लक्ष्य रुपनी गाउँपालिकाको टिमले १० ओभर ४ बलमा ४ विकेट गुमाई हासिल ग¥यो । जसमा विकास दासले अविजित ३८ रन र सुनिल धमलाले २४ रनको योगदान दिए । 
    तिलाठीका लागि दिपेश सरदार र विकास दासले समान २÷२ विकेट लिए । उक्त खेलमा रुपनी गाउँपालिकाका सुनिल धमलालाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले म्यान अफ द म्याच प्रदान गरे । 
    दोस्रो सेमीफाइनलमा नियम विपरित अनुशासनहिनता तथा खेल भावना विपरित प्रदर्शन गरेपछि कञ्चनरुप नगरपालिकाको टिमलाई आयोजक समितिले खेल्न अयोग्य घोषित गरेको थियो । 
    कञ्चनरुपको टिमलाई अयोग्य घोषित गरेपछि विपक्षी छिन्नमस्ता गाउँपालिकाको टिमले फाइनलमा स्थान बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधिअधिकृत अमित पाठकले जानकारी दिए । शनिबार छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकाको टिमबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
हरवाचरवा परिवारलाई  दोश्रो चरणको राहत बितरण
हरवाचरवा परिवारलाई  दोश्रो चरणको राहत बितरण
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
गाँजाका बोटहरु फडानी गर्दै नष्ट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो