रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो

राजविराज राजविराज
|
शनिबार, बैशाख १६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो

सारांश

  •     छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २÷२ विकेट लिए भने उपेन्द्र रायले १ विकेट लिए ।
  •       जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाले निर्धारित २० ओभरमा १ ुय ७७ रन मात्र बनाउन सफल भयो ।
  • छिन्नमस्ताका लागि रेवति रायले अविजित ४८, गुणानन्द रायले २८ रन बनाएका थिए ।

    राजविराज÷सप्तरीको रुपनी गाउँपालिकाले हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । 
    रुपनीले छिन्नमस्ता गाउँपालिकालाई २७ रनले पराजित गर्दै सो उपाधी जितेको हो । 
    शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गरेको रुपनी गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ४ रनको योगफल तयार पारेको थियो । जसमा रुपनीका ईमरान शेखले सर्वाधिक ६१ रन बनाएका थिए । यसैगरी विकास दासले ४३, विक्की चौधरीले ३७, अरनिको यादवले २२ तथा राशिद खानले १८ रन बनाएका थिए । 
    छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २÷२ विकेट लिए भने उपेन्द्र रायले १ विकेट लिए । 
    जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाले निर्धारित २० ओभरमा १ ुय ७७ रन मात्र बनाउन सफल भयो । छिन्नमस्ताका लागि रेवति रायले अविजित ४८, गुणानन्द रायले २८ रन बनाएका थिए । यसैगरी सिद्धान्त लोहनीले २७, फिरदोश अन्सारले १६ र रवि रायले १३ रनको योगदान दिएका थिए । 
    रुपनी गाउँपालिकाका लागि सुनिल धमला र अशोक मेहताले ३÷३ विकेट लिए भने अशोक यादवले २ विकेट लिंदै आफ्नो टिमलाई प्रथम मेयर कपको उपाधी दिलाउन सफल भए । 
    विजेता रुपनी गाउँपालिकाले नगद एक लाख रुपैयाँ तथा ट्रफी पुरस्कार पाएका छन् भने उपविजेता छिन्नमस्ता गाउँपालिका टिमले नगद ५० हजार र ट्रफी पुरस्कार पाएको छ । 
    प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छिन्नमस्ता गाउँपालिकाका फिरदोश अन्सारीलाई म्यान अफ द सिरिज, तिलाठी कोइलाडीका अमित मण्डललाई बेस्ट ब्याट्सम्यान र सोही गाउँपालिकाका दिपेश सरदारलाई बेस्ट बलरको पुरस्कार प्रदान गरियो ।
    समापनको अवसरमा प्रदेश सभा सदस्य सकिल अली, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार, सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश श्रेष्ठ, वडा अध्यक्षहरु मौली मण्डल र साकिर अली खानसहितकाले पुरस्कार वितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित,  ८ सय घर डुवानमा
राजपा सरकारमा सहभागिता हुने की नहुने ?
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु