दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियाँमा सोमबार वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन गरिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको हो ।
वडा स्तरीय सरोकारवालाहरुको क्षमता अभिवृध्दि गरी विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
वडा अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा रामनारायण मण्डलले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम अधिकृत राजेश कुमार झाले सहजीकरण गरेको जनाइएको छ ।
विपद् ब्यवस्थापन समिति गठन
सारांश
- तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको हो ।
- वडा स्तरीय सरोकारवालाहरुको क्षमता अभिवृध्दि गरी विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
- युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया