सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी

राजविराज राजविराज
|
बुधबार, आषाढ ६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी

सारांश

  •     बुधबारको खेलमा बजाज खडक वारियर्सले राजविराज द किंग्सलाई ७ विकेट तथा रुपनी राइडर्सले कन्चनरुप राइनोजलाई पनि ७ विकेटले पराजित गरेको छ ।
  •       पहिलो खेलमा राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.
  • १ ओभरमा ३ विकेट गुमाएर प्राप्त ग¥यो ।

दैनिक समाचारदाता
राजविराज, ६ असार ।

    राजविराजमा जारि सप्तरी प्रिमियर लिगको चौंथो दिन सम्पन्न खेलमा बजाज खडक वारियर्स र रुपनी राइडर्स विजयी भएका छन् । बजाज खडक वारियर्स दइ वटा खेलमा जित हासिल गरेकोले ४ अंकसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
    बुधबारको खेलमा बजाज खडक वारियर्सले राजविराज द किंग्सलाई ७ विकेट तथा रुपनी राइडर्सले कन्चनरुप राइनोजलाई पनि ७ विकेटले पराजित गरेको छ । 
    पहिलो खेलमा राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर प्राप्त ग¥यो । बजाज खडक वारियर्सको ब्याटिंगमा कप्तान बिबेक यादवले १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाएभने साहिल पटेलले १२ तथा राज वर्मा र सन्दिप रजालीले समान ११ रन बनाए । राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए । 
    यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो । जसमा शंकर रानाले सर्वाधिक २६ तथा तृत राजदासले १७ रन बनाए । खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए वापत प्लेयर अफ द म्याच घोषित भए । यस्तै अनिल यादवले ३, बिबेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए । 
    यस्तै दोश्रो खेलमा रुपनी राइडर्सले कन्चनरुपले दिएको १ सय ३८ रनको लक्ष्य १३.४ ओभरमै पुरा गरेको छ । रुपनीका लागि रोहन बिकले सर्वाधिक ५५ रन बनाए वापत प्लेयर अफ द म्याच समेत चुनिए । यस्तै भोला शाहले ४५ तथा अरनिको यादवले अविजित ३६ रन बनाए । कन्चनरुपका बलर राशिद खानले ३ विकेट लिए ।
    यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । जसमा नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाए । अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाए । रुपनीका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २÷२ तथा मुकुन्द यादवले १ विकेट लिए । 
    प्रतियोगितामा ३ खेलमा २ जित र १ हार बेहोरेको रुपनी राइडर्स समान ४ अंक रहेता पनि नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा छ । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन र बलानबिहुल सुपर किंग्स समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा छ । तिन वटै खेलमा पराजित राजविराज द किंग्स छैठौं स्थानमा छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते