राजविराज÷रुपनी गाउँपालिका वडा नं. २ स्थित बुधेश्वरी आधारभूत विद्यालय हरिरावामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।
अभिभावक मध्येहरुबाट दुई महिला सहित चार जना निर्वाचित गर्न शनिवार भएको मतदानबाट खुल्ला तर्फ दिनेश कुमार साह ९३ मत र सुभाष कुमार विश्वास ९० मत ल्याएर विजयी भएका छन् ।
यसै गरी महिला तर्फ सहेरा खातुन १०० मत र दारो कुमारीले ९३ मत प्राप्त गरी विजयी भएको विद्यालय व्यवस्थापन समिति छनौट सहयोग समितिका संयोजक विदुर विक्रम थापाले जानकारी दिए ।
नौ बर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा अभिभावकहरुबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट समिति चयन गरिएको संयोजक थापाले बताए ।
कूल २ सय ७ मतदाता रहेकोमा १ सय ९८ जनाले मतदान गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जनाएको छ ।
हरिरावामा विद्यालय व्यवस्थापन समिति गठन
सारांश
- नौ बर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा अभिभावकहरुबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट समिति चयन गरिएको संयोजक थापाले बताए ।
- कूल २ सय ७ मतदाता रहेकोमा १ सय ९८ जनाले मतदान गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया