बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै

सारांश

  •     झण्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
  • बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।

    सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडक बाढीले बगाएको दुई वर्ष वितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । 
    झण्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् । बि.स. २०७७ साल साउन महिनको अन्त्य तिर जीता, महुली र खाँडो खोलाको बाढीले बगाएको थियो ।     
    उक्त मार्गमा पर्ने दुई वटा स–साना पुलको दाँया बायाँ दुबै तीरको करिब ५०÷५० मिटर सडक बाढीले बगाएको हो । बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा समेत त्यसको मर्मत पनि हुन सकेको छैन । आवत जावतमा समस्या भएपछि स्थानीय केही टेम्पो, सिटरिक्सा तथा म्याजिक लगायत सवारीका चालकले पुलको केही भागमा ढुंगा, माटो र बालुवाको बोरा राखेर जोखिमपुर्ण ओहोरदोहोर गर्न थालेका छन् । 
    राज्यले ध्यान नदिदा यो बाटोमा विगत दुई वर्षदेखि सिटी रिक्शा, म्याजिक, टेम्पो लगायतका छोटो सवारी साधन जोखिम मोलेर जसो तसो आवतजावत गर्छन तर ठूला सवारी साधन भने चल्न छोडेको छ । तिलाठी–हनुमाननगर सडक खण्ड भएर सप्तरी सदरमुकाम राजविराज जाने यात्रु अहिले ५ किलोमिटर टाढा पर्ने अर्कै बाटो प्रयोग गर्न बाध्य छन् । 
    तिलाठी कोइलाठी गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार  कोशी, जीता, महुली, खाडो लगायतका नदी खोलाबाट बग्ने पानीको उचित निकास नहुदाँ वर्षेनी यहाँका जनताले सडक कटानबाट सास्ती भोग्नु परेको छ । उनले बाढीको पानी निकासका लागी यहाँ स–साना पूल होइन, एउटा लामो पूल नै आवश्यक रहेकोले नगर र गाउँपालिकाको बजेटले सो सम्भव नभएको बताए । 
    उनका अनुसार यस मार्गबाट विराटनगर, धरान, इटहरीका साथै सीमावर्ती कुनौली, निर्मली, दरभंगा, मधुवनी लगायतका सहरसम्म पुग्न सहज हुने गरेको थियो । तर सडक कटानमा परेपछी सवारी साधन आवतजावत ठप्प भई एक गाउँबाट अर्काे गाउँ जान र विरामीलाई अस्पताल सम्म लैजान पनि समस्या भएको छ । 
    राजविराज भन्सार कार्यालय समेत यसै सडक खण्डको ३ सय मिटर दुरीमा मात्र अवस्थित छ । बाढीले सडक बगाएपछि ठूला सवारी साधनको आवागमन ठप्प हुँदा भन्सारको राजश्व असुली समेत प्रभावित बनेको छ । नजिकका बजारहरु पुग्न छोटो बाटो भएकाले दैनिक १ हजार देखि २ हजार सर्वसाधारण आवतजावत गर्ने उक्त बाटो कटानमा परेपछी अहिले सय दुई सयको संख्यामा मात्र यात्रु आवतजावत गर्ने गरेको स्थानीयहरु बताउँछन । बाढीले भत्काएको सडक चाँडो निर्माण गरी राहत दिन स्थानियले सरकारसंग माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकको घाँटीमा अडकिएको सिक्का निकालेर चिकित्सकले जोगाए ज्यान
वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड
वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 
सडक निर्माण कार्यले गति लिन नसक्दा दुर्घटना निम्त्याउँदै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै