विप्लवका तीन जिल्ला सदस्य पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०७५
|
|
६८ पटक हेरिएको
Shares

सारांश

  •     पक्राउ पर्नेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेज नारायण यादव रहेका छन् ।
  •       पक्राउ पर्ने तीनै जना विप्लव समूहका जिल्ला कमिटीका सदस्य हुन् ।
  • उनीहरुलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको डिएसपी भावेश रिमालले बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 
    नेत्र विक्रम चन्द (विप्लव) समूहका सप्तरीका तीन जना नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेज नारायण यादव रहेका छन् । 
    पक्राउ पर्ने तीनै जना विप्लव समूहका जिल्ला कमिटीका सदस्य हुन् । उनीहरुलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको डिएसपी भावेश रिमालले बताए । 
    पक्राउ परेकाहरुलाई मंगलबारै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई आवश्यक अनुसन्धान थालिएको डिएसपी रिमालले जानकारी दिएका छन् । 
    सरकारले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प्रतिबन्ध लगाएर नियन्त्रणमा लिने रणनीति अनुसार जिल्ला जिल्लामा निर्देशन जारि गरेपछि धमाधम सो पार्टीका नेता कार्यक्र्ता पक्राउ पर्न थालेका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ