विद्यालयमा छड्के अनुगमन

राजविराज राजविराज
|
बुधबार, आश्विन १०, २०८०
|
|
६१ पटक हेरिएको
Shares
विद्यालयमा छड्के अनुगमन

सारांश

  •     प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहितका टोलीले सो छड्के अनुगमन सुरु गरेको हो ।
  •       पहिलो दिन राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको छड्के अनुगमन गरिएको छ ।
  •       अनुगमन टोलीमा प्रदेश सांसद किरणकुमार साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायत सहभागि छन् ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 

    सप्तरीका अधिकांश सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने नगरेको भन्दै जनगुनासो आएपछि बुधबार विद्यालयहरुमा छड्के अनुगमन गरिएको छ । 
    प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहितका टोलीले सो छड्के अनुगमन सुरु गरेको हो । 
    पहिलो दिन राजविराज नगरपालिका ११ फर्सैठस्थित श्री ज्ञानज्योती लडुबत्ति देवनारायण यादव प्राथमिक विद्यालय तथा आधारभुत विद्यालयको छड्के अनुगमन गरिएको छ । 
    अनुगमन टोलीमा प्रदेश सांसद किरणकुमार साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहलगायत सहभागि छन् । टोलीको नेतृत्वकर्ता प्रदेश सांसद साहले विद्यार्थी र विद्यालयको समस्या बुझ्नुका साथै सामुदायिक विद्यालयको अवस्था सुधारका लागि छड्के अनुगमन थालिएको जानकारी दिइन् । 
    अनुगमनका क्रममा विद्यालयहरुमा देखिएको दुरावस्था बारे चिन्ता व्यक्त गर्दै उनले विद्यार्थी उपस्थिति संख्या पनि घट्दै गएकोमा सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय र विश्वसनिय बनाउनुका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् ।
    सोही अवसरमा विद्यार्थीहरुले शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनु पर्ने बाध्यता रहेको गुनासो पोखेका थिए । फर्सैठको आधारभुत विद्यालयमा १ सय ७९ जना विद्यार्थी छन् । तर सांसदसहित टोली अनुगमनमा जाँदा ७६ जना विद्यार्थी मात्रै उपस्थित थिए । अधिकांश विपन्न तथा दलित परिवारका विद्यार्थी पढ्ने उक्त विद्यालयमा नियमित रुपमा ७०÷८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले टोलीलाई सुनाएका थिए । 
    अनुगमनका क्रममा प्रधानाध्यापक रुद्रानन्द झाले साधन श्रोतले भ्याएसम्म विद्यालयमा आकर्षण गराउन तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता टोलीसमक्ष व्यक्त गरेका थिए । 
    टोलीमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले अनुगमनका क्रममा देखिएका त्रृटी सच्याउन दुबै विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिँदै अर्को पटक आउँदा ती सबै समस्याको समाधान गर्न सचेत गराएका थिए । 
    जिल्ला भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार तथा विद्यार्थीको आकर्षण बढाउन छड्के अनुगमन थालिएको टोलीले जनाएको छ । विद्यालय पुगेर सांसद साह नेतृत्वको टोलीले त्यहाका विद्यार्थी र शिक्षकसँग साक्षात्कार मात्र गरेनन् केही बेर विद्यार्थीलाई पढाउने काम समेत गरे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ 
उच्च अदालतले डाक्नेश्वरी नगरपालिका र प्रमुख प्रशासकीय अधिकृतसँग मागे जवाफ 
राष्ट्रिय एकता दिवस मनाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता 
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
कंचनरुपका सहलेखापालको जिप दुर्घटनामा मृत्यु
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद