अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ

राजविराज राजविराज
|
सोमबार, आश्विन १५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ

सारांश

  •     मेला हेर्न भनि गत भदौं २१ गते घरबाट निस्केका १८ वर्षिय अजिमुद्दिन बेपत्ता थिए ।
  • परिवारजन तथा प्रहरीले खोजी कार्य तिब्र बनाएका बेला तीनदिन अघि हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय राम प्रसाद यादवले संचालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।
  •     सम्पूर्ण घटना विवरण उँस्प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    सप्तरीको खडक नगरपालिका वडा नं. ११ बनौलीस्थित पोखरीमा तीनदिन अघि बोरा भित्र सडेगलेको अवस्थामा भेटिएको शव लामो समयदेखी वेपत्ता रहेका सोही वडा निवासी मो. अजिमुद्दिनको भएको प्रहरीले खुलासा गरेको छ । 
    मेला हेर्न भनि गत भदौं २१ गते घरबाट निस्केका १८ वर्षिय अजिमुद्दिन बेपत्ता थिए । परिवारजन तथा प्रहरीले खोजी कार्य तिब्र बनाएका बेला तीनदिन अघि हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय राम प्रसाद यादवले संचालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।
    सम्पूर्ण घटना विवरण उँस्प्रहरीले सोमबार सार्वजनिक गरेको छ । प्रेम प्रसंगको विषयलाई लिएर यस्तो क्रुर घटना भएको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यको भनाई छ ।  
    उनले एक बालिकासँग भएको प्रेम सम्बन्धकै कारण अजिमुद्दिनको हत्या भएको खुल्न आएको बताउँदै हत्या घटनामा संलग्न भएको आरोपमा सोही वडाकी ३० वर्षिया बिना देवी यादव, ३४ वर्षिय राम प्रकाश यादव, ३६ वर्षिय डम्बर नारायण साह र ४० वर्षिय छोटेलाल भन्ने धर्मदेव साह पक्राउ परेको जानकारी समेत दिए । पक्राउ परेका मध्ये एकजना मृतकको प्रेम सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाई छ । 
    पोष्टमार्टमका लागि घरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको शवको परिक्षण रिपोर्ट प्राप्त भएपछि बोरा भित्र फेला परेको सडेगलेको शव अजिमुद्दिनकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले बताए । 
    मृतकका दाजु मो. मजिदका अनुसार गत भाद्र २१ गते बुघवारका दिन कृष्णाजन्माष्टमीका अवसरमा गाउँमा लागेको मेला हेर्न जान्छु भनि निस्केका अजिमुद्दिन त्यस दिन घर फर्केनन् । 
    मृतकका दाजु मजिदले भाईसँगै मेला गएका उनका एकजना साथीसँग भाईको अवस्था वारे बुझ्दा उनले सोही राति नै मेला भरेर फर्किदा एकजना केटी साथीसँग भेट्न जान्छु भनि आफुसँग अजिमुद्दिन छुटिएको र त्यस पछि कता गयो भन्ने कुरा आफुलाई केही थाहा नभएको बताएको प्रहरीलाई जानकारी गराएका थिए । 
    स्थानीय हिरा फेकनी मावि बनौलीबाट यसैवर्ष एसईई परीक्षा दिएका अजिमुद्दिनको त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने एक बालिकासँग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह