दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले तीनै तहको सरकारबाट जनताले अहिलेसम्म खुशीको अनुभुती नपाएको आरोप लगाएका छन् ।
बागेश्वरी सेवा समिति राजविराजको साधारणसभाको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्रि यादवले यस्तो आरोप लगाएका हुन् ।
शिक्षाको फ्याक्ट्रिको रूपले परिचित मधेश प्रदेश अहिले मधेस प्रदेश नेपालमै पछाडि परेकोले प्रदेशको शिक्षा क्षेत्रलाई उकास्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
समाजको प्रत्येक घर घरमा शिक्षा स्वास्थ पुग्नुपर्ने एकदमै आवश्यक रहेको भन्दै उनले सामुदायिक विद्यालयलाई अगाडि बढाउन खोज्दा विभिन्न बाधा आउने भएकोले प्रदेश शिक्षा नीति बनाएर अगाडि बढाउने योजना रहेको र शिक्षा नीति ऐनले शिक्षामा नौलो फड्को मार्ने दाबी समेत गरे ।
पूर्ण साक्षर नीति चारवर्ष भित्र ल्याएर कार्यान्वयन गर्ने मन्त्री यादवले घोषणा गर्दै संस्कारी र व्यबहारिक शिक्षालाई पनि संगै लादा मात्र समयको माँग पूरा हुने जिकिर गरे ।
कार्ययक्रममा मधेस प्रदेश सभासदस्य सतिश कुमार सिंह, पूर्व मेयर शैलेश चौधरी, भवानी सेवा समितिका अध्यक्ष प्रताप नारायण चौधरी, नेपाल पत्रकार महांघका अध्यक्ष श्रवण कुमार देव, बागेश्वरी सेवा समितिको पूर्व अध्यक्ष द्वय मेदनारायण देव, राधेश्याम रमण लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा मानार्थ तथा एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई समेत चाँदीको मेडल प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियोे । बागेश्वरी सेवा समितिको अध्यक्ष ई. इन्द्र नारायण देवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
सारांश
- बागेश्वरी सेवा समिति राजविराजको साधारणसभाको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्रि यादवले यस्तो आरोप लगाएका हुन् ।
- शिक्षाको फ्याक्ट्रिको रूपले परिचित मधेश प्रदेश अहिले मधेस प्रदेश नेपालमै पछाडि परेकोले प्रदेशको शिक्षा क्षेत्रलाई उकास्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
- समाजको प्रत्येक घर घरमा शिक्षा स्वास्थ पुग्नुपर्ने एकदमै आवश्यक रहेको भन्दै उनले सामुदायिक विद्यालयलाई अगाडि बढाउन खोज्दा विभिन्न बाधा आउने भएकोले प्रदेश शिक्षा नीति बनाएर अगाडि बढाउने योजना रहेको र शिक्षा नीति ऐनले शिक्षामा नौलो फड्को मार्ने दाबी समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया