दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
ग्लोबल आइएमई बैंकले सेवा बिस्तार गर्दै सोमबारदेखी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले शाखाको उद्घाटन गर्दै स्थानिय तहमा बैंकिङ्ग सेवा बिस्तार भएकोमा धन्यवाद र खुशी व्यक्त गरेका छन् । उनले ग्रमिण जनता पनि अब बैंकिङ्ग सेवा सरल र सहज रुपले पाउने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक शाखा राजविराजका प्रमुख मनिष महासेठले बैंकको गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराउँदै शाखारहित बैंकिङ्ग सेवाबाट यस क्षेत्रका जनताले रेमिट्यान्स, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, नयाँ खाता संचालन, रकम ट्रान्सफर, मोबाइल रिचार्ज, पानी र विद्युत महसुल भुक्तानी लगायतका सेवा सहज रुपमा पाउने जानकारी दिए ।
बैंकका सहायक सरोज कुमार यादवद्वारा संचालित कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का पार्षद् मनोज कुमार माझी, प्रहरी नायब निरिक्षक डम्बर बहादुर केसी, वडा अध्यक्ष कर्णदेव चौधरीलगायतले पनि शुभकामना दिँदै सेवा संचालनले यस भेगका जनताको वित्तिय सेवामा पहुँच भई आर्थिक कारोबार नगदमा गर्नुपर्ने बाध्यता हट्नुका साथै आर्थिक सुरक्षा पनि मिल्ने विश्वास व्यक्त गरे ।
पत्थरगाढामा ग्लोबल बैंक संचालन
सारांश
- डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले शाखाको उद्घाटन गर्दै स्थानिय तहमा बैंकिङ्ग सेवा बिस्तार भएकोमा धन्यवाद र खुशी व्यक्त गरेका छन् ।
- उनले ग्रमिण जनता पनि अब बैंकिङ्ग सेवा सरल र सहज रुपले पाउने विश्वास व्यक्त गरे ।
- ग्लोबल आइएमई बैंक शाखा राजविराजका प्रमुख मनिष महासेठले बैंकको गतिविधि र भावी कार्यक्रम बारे जानकारी गराउँदै शाखारहित बैंकिङ्ग सेवाबाट यस क्षेत्रका जनताले रेमिट्यान्स, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, नयाँ खाता संचालन, रकम ट्रान्सफर, मोबाइल रिचार्ज, पानी र विद्युत महसुल भुक्तानी लगायतका सेवा सहज रुपमा पाउने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया