एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब

राजविराज राजविराज
|
बुधबार, चैत्र २०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब

सारांश

  •     राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो ।
  •       सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु.
  • ३५ हजारसमेत अजितलाई प्रदान गरे ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 
    हङकङमा सम्पन्न तेश्रो एशियाली यूथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका राजविराज निवासी अजित यादव गृह जिल्ला सप्तरीमा सम्मानित भएका छन् ।
    राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो । 
    सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु. ३५ हजारसमेत अजितलाई प्रदान गरे ।
    अजितले तेश्रो एशियाली यूथ एथलेटिक्स च्याम्पियनशिपको पुरुषतर्फ ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । उनले आठ मिनेट ३०.३० सेकेन्डमा सो दुरी पुरा गरेका थिए । नेपाललाई युथ एशियाली खेलकुदमा स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी समेत बनेका हुन ।
    यसअघि प्रदेश २ का सरकारले पनि प्रोत्साहन स्वरुप अजितलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ५१ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उपमेयर साधना झालगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै