दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीमा बिधालय स्तरवाटै क्रिकेटप्रति आकर्षण बढाउन राजबिराजमा बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू गरिएको छ ।
आईतवार सप्तरी क्रिकेट संघ र सबल नेपालको संयोजन तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजबिराजस्थित पविमाबि खेलमैदानमा ग्रास रूट क्रिकेट कोचिगं मेगा क्याम्प आयोजना गरिएको हो ।
मंसिर १७ देखि २१ सम्म संचालन हुने शिविरमा पहिलो दिन जिल्लाभरीका १५ वटा बिधालयका २ सय ५० भन्दा बढी छात्रछात्राहरूले सहभागीता रहेका छन् ।
उक्त क्रिकेट प्रशिक्षणमा आईसीसी मान्यता प्राप्त ६ जना बिदेशी कोच (लेवल १, २, ३) र नेपालका १ जना प्रशिक्षक (लेवल ३) वाट आधारभुत क्रिकेटको ज्ञान, सीप, प्रशिक्षण, शारिरिक ब्याम, अतिरिक्त क्रिकेट सीप, आधारभुत अम्पायर र स्कोरिङ सम्बन्धी जानकारी समेत दिने सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
सामुदायिक विद्यालयका छात्रालाई तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागी छात्राहरुलाई क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना हुन लागेको सप्तरी क्रिकेट संघका सचिव चन्दन यादबले जानकारी दिए ।
क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा २ वर्ष देखि काम गर्दै आएको नेपाल क्रिकेट फाउण्डेसनसँगको सहकार्यमा कोशी प्रदेश र मधेश प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बनिरहेको उनले बताए ।
फाउण्डेशनका अध्यक्ष श्रेष्ठले नयाँ खेलाडी उत्पादन हुनुका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल वृद्धि हुने बताए ।
आइसिसिकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेट प्रति उत्साह तथा सिप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन् । उनले विगतदेखि यस क्षेत्रमा सारा वेग मार्फत छात्राहरुलाई खेल सामाग्री सहयोग गर्नुका साथै फरक ढंगबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडीहरु तयार भएको उदाहरण रहेको बताइन् ।
सप्तरीको राजबिराज नगरपालिका, सुरूगां नगरपालिका र खडक नगरपालिका फाउण्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ । दुई हप्तासम्म क्रिकेट विथ आउट बाउण्ड्रीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने जनाइएको छ ।
छात्राहरुलाई क्रिेकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसिबाट अलि मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
सारांश
- आईतवार सप्तरी क्रिकेट संघ र सबल नेपालको संयोजन तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजबिराजस्थित पविमाबि खेलमैदानमा ग्रास रूट क्रिकेट कोचिगं मेगा क्याम्प आयोजना गरिएको हो ।
- मंसिर १७ देखि २१ सम्म संचालन हुने शिविरमा पहिलो दिन जिल्लाभरीका १५ वटा बिधालयका २ सय ५० भन्दा बढी छात्रछात्राहरूले सहभागीता रहेका छन् ।
- उक्त क्रिकेट प्रशिक्षणमा आईसीसी मान्यता प्राप्त ६ जना बिदेशी कोच (लेवल १, २, ३) र नेपालका १ जना प्रशिक्षक (लेवल ३) वाट आधारभुत क्रिकेटको ज्ञान, सीप, प्रशिक्षण, शारिरिक ब्याम, अतिरिक्त क्रिकेट सीप, आधारभुत अम्पायर र स्कोरिङ सम्बन्धी जानकारी समेत दिने सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया