वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड

राजविराज राजविराज
|
बिहिबार, मंसिर २८, २०८०
|
|
३३ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड

सारांश

  •     मधेशी एकता समाजले “मधेशबाट श्रमआप्रवासन र समाजिक, आर्थिक, राजनैतिक आयाम” विषयक आयोजना गरेको विचार मन्थन कार्यक्रममा विभिन्न समाजिक अभियन्ताहरुले बैदेशिक रोजगारको दुबै पक्षबारे विश्लेषण गरे ।
  •       टोल र गाउँ नै खाली हुने गरी दैनिक सयौ नेपालीहरु विभिन्न देशमा रोजगारीका लागी जाने गरेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन उनीहरुले कार्यक्रम मार्फत विभिन्न सुझाव समेत दिएका छन् ।
  •       कार्यक्रममा मधेशी एकता समाजका संस्थापक डा.

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 

    वैदेशिक रोजगारीका कारण समाजमा पारेको विभिन्न सकारात्मक र नकारात्मक पक्ष बारेमा जानकारी दिने उद्देश्यले यहाँ विहीवार एक कार्यक्रमको आयोजना गरिएको छ । 
    मधेशी एकता समाजले “मधेशबाट श्रमआप्रवासन र समाजिक, आर्थिक, राजनैतिक आयाम” विषयक आयोजना गरेको विचार मन्थन कार्यक्रममा विभिन्न समाजिक अभियन्ताहरुले बैदेशिक रोजगारको दुबै पक्षबारे विश्लेषण गरे । 
    टोल र गाउँ नै खाली हुने गरी दैनिक सयौ नेपालीहरु विभिन्न देशमा रोजगारीका लागी जाने गरेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन उनीहरुले कार्यक्रम मार्फत विभिन्न सुझाव समेत दिएका छन् । 
    कार्यक्रममा मधेशी एकता समाजका संस्थापक डा.रविन्द्र कुमार यादव, समाजिक अभियन्ता भोला पासवान, राकेश मिश्रा, डा. बवि सिंह यादव, पत्रकार एवं अध्येता जनकराज सापकोटा, चिन्तक सिकेलाल, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन लगायतले. मधेश प्रदेशबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या बढी रहेको भएपनि त्यसको सबै परिणाम सकारात्मक मात्र नरहेको वास्तविक्ता औल्याए । 
    कार्यक्रममा पत्रकार एवं अध्येता जनकराज सापकोटाले वैदेशिक रोजगारका क्रममा सरदर दैनिक जसो १ जना मधेशका यूवाको निधन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय, प्रदेश र संघिय गरि तीन वटै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । 
    समाजिक अभियन्ता भोला पासवानले विगतका वर्षहरु भन्दा यता आएर मधेशका यूवाहरुको वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने संख्या अझै बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यस्तो घटना रोक्न सरोकारवाल निकायहरु सक्रिय बन्नु पर्नेमा जोड दिए । 
    चिन्तक सिकेलालले वैदेशिक रोजगारबाट पक्कि घर, सवारी साधन, जग्गाजमिन, पसल लगायतका साधन जोडिनुलाई सकारात्मक मानिए पनि यसबाट आउने पारिवारिक कलह, विग्रह, पैसाका लागी भैm–झगडा, सम्बन्ध विच्छेद  तथा मृत्यु समेत हुने गरेको कुरालाई विर्सन नसकिने बताए ।
    सीप र सुचना नलिई वैदेशिक रोजगारीमा गएका कारण पनि धेरै नेपाली अलपत्र पर्ने र असुरक्षित हुने गरेको उनको भनाई छ । आयोजक संस्थाका संस्थापक डा.रविन्द्र कुमार यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउन सहि सुचना र सिप आवश्यक रहेको बताए । 
    कार्यक्रममा वैदेशिक रोजगारी जाँदा कागज पत्र, सिपको महत्व, इजाजत प्राप्त म्यान पावर कम्पनी तथा स्थानीय, प्रदेश र संघीय सरकारले खेल्नु पर्ने भुमिका लगायतका विषयमा ब्यापक छलफल भएको आयोजक संस्थाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
सनराईज बैंकद्वारा खातावालाहरूलाई डब्बल सुरक्षा बिमा प्रदान
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित
नगरका सडकहरु डुवानमा
नगरका सडकहरु डुवानमा
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह