मधेशी दललाई सत्ता छोडेर आन्दोलनमा  आउन लोसपाका वरिष्ठ नेता महतोको आह्वान

राजविराज राजविराज
|
मंगलबार, पौष १०, २०८०
|
|
२४ पटक हेरिएको
Shares
मधेशी दललाई सत्ता छोडेर आन्दोलनमा  आउन लोसपाका वरिष्ठ नेता महतोको आह्वान

सारांश

  •     मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।
  • उनले पहिचान र अधिकारका लागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटनाको संज्ञा दिएको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा आउनु पर्नेको विकल्प नरहेको बताए ।
  •       मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजिवन कारावासको फैसला सुनाएको भन्दै उनले पहिचान र अधिकारकालागि लडेका योद्धामाथि यस्तो सजाय सुनाउनाले राज्यपक्षले नै मधेश आन्दोलनलाई अपराधको करार दिएको साबित हुन पुगेको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, १० पुस । 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले मधेश केन्द्रित दलहरुलाई सत्ता छोडेर आन्दोलनमा होमिन आह्वान गरेका छन् । 
    मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले पहिचान र अधिकारका लागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटनाको संज्ञा दिएको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा आउनु पर्नेको विकल्प नरहेको बताए । 
    मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजिवन कारावासको फैसला सुनाएको भन्दै उनले पहिचान र अधिकारकालागि लडेका योद्धामाथि यस्तो सजाय सुनाउनाले राज्यपक्षले नै मधेश आन्दोलनलाई अपराधको करार दिएको साबित हुन पुगेको जिकिर गरे । 
    काँग्रेस, माओवादी, एमाले लगायतका दलहरुले विगमा गरेको आन्दोलनमा पनि नागरिक तथा प्रहरीको ज्यान गएको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मधेश आन्दोलनमा लागेका माथि आजिवन कारावासको सजाय सुनाउँदा पनि मधेशबादी दलहरु सत्तामा टाँसिएर बस्नुको औचित्य नरहने टिप्पणी गरे । 
    उनले भने, “ती दलहरुले गरेको आन्दोलन चाहिँ राजनीतिक हुने अनि अधिकार र पहिचानका लागि भएको मधेश तथा थरुहट आन्दोलन चाहिँ आपराधिक ? महतोले प्रश्न गर्दै भने, यो एकल जातिय राज्यको नश्लवादी चिन्तन भएकोले हामीहरुलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।” 
    मधेशका लागि स्थापित लोसपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सत्ता त्यागेर आन्दोलनमा उत्रनु बाहेकको विकल्प नरहेको बताउँदै नेता महतोले भने, सत्तामा टाँसिएर बसिरहने समय होईन, अब सरकार छाडेर बाँकी अधिकार प्राप्तिका लागि समेत आन्दोलनमा उत्रनु अपरिहार्य भईसकेको छ । 
    आफ्नो पार्टी समेत आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि आजिवन कारावासको सजाय सुनाउँदा पनि सत्तामा बसिरहेको प्रति असन्तुष्टी जनाउँदै उनले यस्तै रबैया कायम रहे आफ्नै नेतृत्वमा मेचीदेखि महाकालीसम्मको दौडाहा गरी जनतालाई आन्दोलनमा उतार्ने चेतावनी दिए । यद्यपी छुट्टै पार्टी गठन गर्ने समय चाहिँ आईनसकेको उनको कथन थियो । 
    मधेश आन्दोलन आफूलगायत उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको नेतृत्वको सात मधेशवादी राजनीतिक दलको सहभागितामा भए पनि यति बेला उनीहरु सत्तामा नै बसिरहेको प्रति महतोले असन्तुष्टी जनाए ।
    पत्रकार सम्मेलनमा लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, राजविराजका पूर्व मेयर शम्भुप्रसाद यादव लगायतको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो