यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ

राजविराज राजविराज
|
शनिबार, पौष २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ

सारांश

  •     प्रहरी आएको देखेर होटल संचालक भने फरार भएको र उनको खोजि कार्य भइरहेको उनले बताए ।
  • पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
  •    

राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो बजारस्थित कुनाल कोल्ड स्टोर्स एण्ड होटलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा दुई युवतीसहित सात जनालाई प्रहरीले पक्राउ गरको छ । 
    होटलमा यौन धन्दा हुने गरेको सूचनाको आधारमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पातोबाट खटिएको संयुक्त टोलीले होटमा छापा मारि आपत्तिजनक अवस्थामा दुई युवतीसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
    पक्राउ परेका ती दुबै युवती नेपाली हुन भने पाँच जना पुरुष मध्ये दुई जना भारती नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    प्रहरी आएको देखेर होटल संचालक भने फरार भएको र उनको खोजि कार्य भइरहेको उनले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ