माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने

राजविराज राजविराज
|
आइतबार, पौष २९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने

सारांश

  •     वडा नं.
  • २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा आइतबार सम्पन्न भेलाले रामानन्द देवको संयोजकमा राजविराज नगरपालिका वडा सदस्य संघर्ष समिति समेत गठन गरिएको जनाइएको छ ।
  •       समिति गठन पश्चात् संयोजक देवद्वारा जारि विज्ञप्तिमा सात बुँदे मागसहित दिएको सात दिने अल्टिमेटम आइतबारै सम्पन्न भएपनि ती मागहरु बारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै धर्नामा उत्रनु परेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 

    आफ्नो माग सुनुवाइ नभएको भन्दै राजविराज नगरपालिकाका वडा सदस्यहरु माघ ४ गते बिहीबारदेखी धर्ना दिने भएका छन् । 
    वडा नं. २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा आइतबार सम्पन्न भेलाले रामानन्द देवको संयोजकमा राजविराज नगरपालिका वडा सदस्य संघर्ष समिति समेत गठन गरिएको जनाइएको छ । 
    समिति गठन पश्चात् संयोजक देवद्वारा जारि विज्ञप्तिमा सात बुँदे मागसहित दिएको सात दिने अल्टिमेटम आइतबारै सम्पन्न भएपनि ती मागहरु बारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै धर्नामा उत्रनु परेको उल्लेख छ । 
    जारि विज्ञप्तिमा माघ ४ गते बिहीवारदेखि सात दिनसम्म एक घण्टे विरोध स्वरुप राजविराज नगरपालिकाको परिसरमा धर्ना कार्यक्रम गर्ने निर्णय गरिएको जनाइएको छ । सोही विज्ञप्तिमा उक्त समय अवधीमा समेत माँग सम्बोधन नगरिएपछि थप संघर्र्षको कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरिएको जानकारी गराइएको छ । 
    यसअघि पुस २२ गते आइतबार ४४ जना वडा सदस्यहरुले जनसरोकार तथा आफ्नो अधिकारसहितको सात बुँदे माग राखी नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनलाई ज्ञापन पत्र बुझाएका थिए । 
    बुझाइएको सात बुँदे मागसहितको ज्ञापनपत्रमा बिटोरी जग्गाको समस्या अविलम्ब समाधान गर्न माग गरिएको छ । यस्तै नगरपालिकाको अधिकांश फाँटका कर्मचारी कार्यालय समयमै नआउने र आएकाले पनि पुरै समय नबस्ने, काममा ढिलासुस्ती, नगरसभाबाट पारित भएका योजनाहरुको एक साताभित्र सम्झौता र कार्यान्वयन, ढल निकास, डम्पिङसाइट, छाडा पशुचौपाया नियन्त्रण, काँजी हाउसको व्यवस्थापन तथा नगरको मुख्य क्षेत्रमा सिसिक्यामरा जडान लगायतका कार्य अविलम्ब सुरु गर्न माग गरिएको छ । 
    यसैगरि नगरको सुरक्षाका लागि नगरप्रहरीको भर्ना, प्रहरी निकायको समन्वयमा प्रभावकारी रात्री गस्तीको व्यवस्था तथा स्थानीय सरकार संचालन ऐनमा अधिकार प्रत्यायोजन सम्बन्धी भएको व्यवस्था अनुसार वडा सदस्यहरुलाई अधिकार र जिम्मेवारी दिनु पर्ने माग समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश
सकरपुरा र को. मधेपुरा बिजयी
सकरपुरा र को. मधेपुरा बिजयी
दुई कर्मचारीले दुई जिल्ला धान्दै
दुई कर्मचारीले दुई जिल्ला धान्दै

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु