मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ

राजविराज राजविराज
|
मंगलबार, माघ १६, २०८०
|
|
९० पटक हेरिएको
Shares
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ

सारांश

  •     राजविराजस्थित एक बैंक अगाडीबाट मोटरसाइकल चोरी गरि फरार भएको घटनाको पाँच दिन पछि उनीहरु पक्राउ परेका हुन् ।
  • पक्राउ पर्नेहरुमा एक जना नेपाली र दुई भारतीय नागरिक छन् ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार गत माग १२ गते स्थानीय सानीमा बैंक अगाडी पार्किङ्ग गरी राखिएको प्र २–०१–००१ प ८६१४ नम्बरको मोटरसाईकल तथा सोही दिन राजविराज स्थित पुरानो बसपार्कमा भएको चोरी घट्नाको सूक्ष्म अनुसन्धान थाल्दा अपराधी पक्रन सफलता मिलेको हो ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।

    राजविराज बजार क्षेत्रबाट मोटरसाईकल चोरी गरी फरार भएका अभियुक्तहरु हतियार र लागु औषध सहित पक्राउ परेका छन् । 
    राजविराजस्थित एक बैंक अगाडीबाट मोटरसाइकल चोरी गरि फरार भएको घटनाको पाँच दिन पछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा एक जना नेपाली र दुई भारतीय नागरिक छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार गत माग १२ गते स्थानीय सानीमा बैंक अगाडी पार्किङ्ग गरी राखिएको प्र २–०१–००१ प ८६१४ नम्बरको मोटरसाईकल तथा सोही दिन राजविराज स्थित पुरानो बसपार्कमा भएको चोरी घट्नाको सूक्ष्म अनुसन्धान थाल्दा अपराधी पक्रन सफलता मिलेको हो । 
    उक्त चोरी घट्नाका मुख्य योजनाकार सप्तरीको महदेवा गाउपालिका १ ढिकली घर भई हाल राजविराज १ राजदेवी टोलमा वस्दै आएका २६ वर्षिय सुजित मण्डल रहेको प्रहरीको भनाइ छ । उनलाई अघिल्लो दिन मधेश प्रदेश ०६–००१ प.०७५७ नम्बरको मोटरसाइकल चढी बजार तर्फ आउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सो क्रममा शरीर खानतलास गर्दा उनले लगाएको ज्याकेटको गोजी भित्रबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने १ राउण्ड गोली समेत फेला परेको प्रवक्ता नेउपानेले जानकारी दिए । 
    मण्डलले चोरी गरेको मोटरसाईकल भने भारतमा लागी विक्री गरिसकेको स्वीकार्दै उक्त कार्यमा सीमावर्ती भारतको विहार राज्य मधुवनी ग्रामपंचायत फुलपरास ५ निवासी २७ वर्षिय रणवीर यादव र २६ वर्षिय विभश यादवले सघाएको बयान दिएपछि प्रहरीले ती दुबै जनालाई समेत पक्राउ गरेको छ । 
    भारतीय नम्बर बि.आर.३२ एटी ०१३९ को मोटरसाइकल चढी नगरक्षेत्रमा प्रवेश गरेका रणवीर विभशलाई पनि प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । सो क्रममा विभशको साथबाट प्रतिबन्धीत लागु औषध गाँजा ६ सय २ ग्राम समेत फेला परेको प्रहरीको भनाइ छ । 
    पक्राउ परेका तीनै जनामाथी खरखजाना, लागु औषध तथा चोरी मुदामा मंगलवार सप्तरी जिल्ला अदालतबाट म्याद थपी घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ  सप्तरी युथको ध्यानाकर्षण
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल