दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ

राजविराज राजविराज
|
आइतबार, माघ २१, २०८०
|
|
६६ पटक हेरिएको
Shares
दश दिनदेखी वेपत्ता युवकको शव कोशीमा फेला, दुई पक्राउ

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ घर भएका १९ वर्षिय रुपेश कुमार मुखिया मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
  • माघ ११ गते पूर्णिमाका दिन सप्तकोशीमा लाग्ने मेला भर्न गएका रुपेश सोही दिनदेखी सम्पर्कविहीन भएका थिए ।
  •       मृतक रुपेशका दुई जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ ।

    दश दिनदेखी सम्पर्कविहीन रहेका एक युवकको शव शनिबार कोशी ब्यारेजमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ घर भएका १९ वर्षिय रुपेश कुमार मुखिया मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । माघ ११ गते पूर्णिमाका दिन सप्तकोशीमा लाग्ने मेला भर्न गएका रुपेश सोही दिनदेखी सम्पर्कविहीन भएका थिए । 
    मृतक रुपेशका दुई जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    प्रहरी र परिवारजनले उनको खोजि कार्य जारि राखेका बेला उनको मृत शरीर शनिबार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ढोका नं. ४१ मा अडकिएको अवस्था फेला परेको थियो । 
    परिवारजनले रुपेशसँग गएका साथीहरुले नै हत्या गरेको दाबी गर्दै घटनाको सुक्ष्मअनुसन्धान गरि दोषिमाथी कडा कारवाहीको माग गरेका छन् । 
    डिएसपी नेउपानेले मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
दुई लाख बराबरको मेशिनरी समान बरामद 
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न