किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 

राजविराज राजविराज
|
बिहिबार, चैत्र २९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 

सारांश

  •     कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
  •       कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रम अन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पु¥याउने निर्णय गरेको उनको भनाई छ ।
  •       गत वर्ष असार ७ गते सम्पन्न १० औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल पचास प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय गरिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।

    सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरूको सिंचाइको विद्युत् महसुल तिर्ने भएको छ ।
    कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् । 
    कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रम अन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पु¥याउने निर्णय गरेको उनको भनाई छ । 

    गत वर्ष असार ७ गते सम्पन्न १० औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल पचास प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय गरिएको उनले बताए । 
    उनले यस निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेको भन्दै कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतिप्रति किसानको आकर्षणसमेत बढ्ने अध्यक्ष चौधरीले विश्वास लिएका छन् ।
    यस पालिकामा ४० हजार जनसंख्या रहेकोमा ९५ प्रतिशत व्यक्ति कृषि पेसामा आबद्ध छन् । तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए । यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।
    यसअघि जिल्लाको रुपनी र  विष्णुपुर गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिका समेतले किसानहरुको कृषि सिंचाई वापतको बिद्युत महसुल तिर्ने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
सशस्त्र प्रहरीद्वारा अवैध औषधी बरामद
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी  
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
दलित समुदायमाथी विभिन्न हिंसाका  घटना बढ्दै गएको भन्दै प्रदर्शन
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट