साइकलसहित युवक खोला किनारमा मृत फेला

राजविराज राजविराज
|
बिहिबार, जेठ ३, २०८१
|
|
६२ पटक हेरिएको
Shares
साइकलसहित युवक खोला किनारमा मृत फेला

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • १२ विषहरिया टोल निवासी १९ वर्षिय सुनिल यादव खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
  •       मंगलवार साँझ साइकल चढी घरबाट निस्केका सुनिल बुधवार दिउँसो राजविराज नगरपालिका १३ स्थित पिपराही र भेल्ही बीचको खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ जेठ । 

    साइकल लिएर घरबाट निस्केको एक युवक भोली पल्ट खोला किनारमा मृत अवस्थामा भेटिएका छन । 
    राजविराज नगरपालिका वडा नं. १२ विषहरिया टोल निवासी १९ वर्षिय सुनिल यादव खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् । 
    मंगलवार साँझ साइकल चढी घरबाट निस्केका सुनिल बुधवार दिउँसो राजविराज नगरपालिका १३ स्थित पिपराही र भेल्ही बीचको खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक गजुसिद्धी बज्रार्चायका अनुसार युवक साईकलसहित घोप्टो परेको र नाकबाट रगत बगेको अवस्थामा फेला परेका छन् । उनको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।
    स्थानीयले उनको कुटपीटबाट मृत्यु भएको आशंका ब्यक्त गरेपनि प्रहरीले पोस्टमार्टम रिर्पोट प्राप्त भएपछि मात्र हत्या भए÷नभएको बारे यकिनका साथ भन्न सकिने जनाएको छ । मृतकका आफन्त र स्थानीयले घटनाको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ