लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी

राजविराज राजविराज
|
बुधबार, आषाढ १२, २०८१
|
|
४८ पटक हेरिएको
Shares
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी

सारांश

  •     परासी जिल्लामा अत्याधुनिकउद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने जनाइएको छ ।
  •     अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादनक्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने रहेको छ ।
  • यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
काठमाडौं, १२ असार । 

    नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । 
    परासी जिल्लामा अत्याधुनिकउद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने जनाइएको छ ।
    अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादनक्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने रहेको छ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने जारि प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्धनिर्देशक रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भने, “हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउने छ ।”
    लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादककम्पनीहो । नेपालीतार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एक मात्र पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेशनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी २ बाट उम्मेदवारी  दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
सप्तरी २ बाट उम्मेदवारी  दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रदेशसभामा उठ्यो राजविराजको  विटौरी जग्गाको मुद्दा
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि