दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीबाट संघीय सरकारमा दुई जना मन्त्री बनेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जिल्लाबाट प्रतिनिधिसभा सदस्यद्वय नवलकिशोर साह सुडी र तेजुलला चौधरी मन्त्री बनेका हुन् ।
सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निार्वचित सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी युवा तथा खेलकुदमन्त्री बनेका छन् । मन्त्री सुडी अशोक राई नेतृत्वको जसपाका सांसद हुन भने चौधरी नेपाली काँग्रसका सांसद हुन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सुडी वन मन्त्री थिए । लगत्तै बनेको ओली नेतृत्वको सरकारमा पनि उनलाई मन्त्रीमा निरन्तरता दिइएको छ ।
त्यस्तै चौधरी विगतका सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए र अहिले वर्तमान सरकारमा सोही मन्त्रालयको केबिनेट मन्त्री बन्न सफल भएका हुन् ।
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री
सारांश
- सप्तरी क्षेत्र नं.
- १ बाट प्रतिनिधिसभा सदस्यमा निार्वचित सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र क्षेत्र नं.
- ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया