मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार

राजविराज राजविराज
|
बिहिबार, श्रावण १७, २०८१
|
|
७९ पटक हेरिएको
Shares
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार

सारांश

  •     राजविराज ९ निवासी ३८ वर्षिया सिंह राष्ट्रिय मधेशी आयोगकी सदस्य समेत हुन ।
  • अन्तराष्ट्रिय क्षत्रीय विरांगना फाउण्डेशनद्वारा विहीवार आयोजित ८ औ महासभा एवं अन्तराष्ट्रिय विरांगना सम्मान समारोहमा सिंहलाई “रानी पद्यावती शौर्य सम्मान २०२४”बाट सम्मानित गरिएको हो ।
  •       पद्यावती शौर्य सम्मानबाट सम्मानित हुने सिंह पहिलो नेपाली महिला हुन ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन ।

    भारत विहार राज्यको राजधानी पटनामा आयोजित अन्तराष्ट्रिय क्षत्रीय विरांगना महासभामा अधिकार तथा महिला सशसक्तिकरण क्षेत्रमा योगदान पु¥याए वापत नेपाली अधिकारकर्मी एवं साहित्यकर्मी आभा सेतु सिंह सम्मानित भएकी छिन ।
    राजविराज ९ निवासी ३८ वर्षिया सिंह राष्ट्रिय मधेशी आयोगकी सदस्य समेत हुन । अन्तराष्ट्रिय क्षत्रीय विरांगना फाउण्डेशनद्वारा विहीवार आयोजित ८ औ महासभा एवं अन्तराष्ट्रिय विरांगना सम्मान समारोहमा सिंहलाई “रानी पद्यावती शौर्य सम्मान २०२४”बाट सम्मानित गरिएको हो । 
    पद्यावती शौर्य सम्मानबाट सम्मानित हुने सिंह पहिलो नेपाली महिला हुन । फाउण्डेशनका संस्थापक एवं सहमुख्य संरक्षक डा.एमएस सिंहले आभा सेतु सिंहलाई उक्त पुरस्कारबाट सम्मानित गरे । ंिसंहलाई पुरस्कारमा प्रतिक चिन्ह र सम्मानपत्र प्रदान गरिएको छ । 
    महिला अधिकार तथा सशक्तीकरण क्षेत्रमा लामो समय देखी क्रियाशिल सिंह नेपाली, मैथिली र हिन्दी भाषा साहित्यमा समेत कलम चलाउदै आएकी छिन । फाउण्डेशनले मानव अधिकार, शान्ति, महिला सशक्तीकरण, भाषा साहित्य र संस्कृतको उत्थान लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तीत्वहरुको चयन गरी विगत ८ वर्ष देखि आफ्नो वार्षिक महासभाको अवसर पारेर सम्मान समारोहको आयोजना गर्दै आएको छ । कार्यक्रममा उनी सहित ९ जनालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला 
पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
चार वर्ष बढीको कैद भुक्तानपछि  नेकपा प्रदेश सदस्य अरुण साह रिहा
चार वर्ष बढीको कैद भुक्तानपछि  नेकपा प्रदेश सदस्य अरुण साह रिहा
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो