पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण

राजविराज राजविराज
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण

सारांश

  •     आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई मंगलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
  •       हाल २९ वर्षिया उनी जनकपुर एफ.
  • एम.

दैनिक समाचारदाता
जनकपुरधाम, २९ साउन ।

जनकपुरधामस्थित जनकपुर एफ.एम.मा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ ।
    आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले उनलाई मंगलबार २३ हजार ५ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 
    हाल २९ वर्षिया उनी जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । केपी खबर डट्कम्को म्यानेजिङ्ग डायरेक्टरको रुपमा समेत कार्यरत रहेकी उनी विगत ९ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय छिन् । गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको थियो ।    
    मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो । सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९÷०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो । 
    सुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्दैआएकोमा गत आ.ब.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार चालु आ.व.२०८१÷०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
    मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहेकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । 
    प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास
जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद  परिवारलाई नगदसहित कदरपत्रबाट सम्मान
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह