दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
सिरहाको लहानस्थित भिनाजुको घरबाट निस्केका एक युवक ६६ दिनदेखी वेपत्ता छन् । सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन टोलका २६ वर्षिय दिनेश कुमार चौधरी वेपत्ता भएका हुन् ।
सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएका छन् । दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए ।
छोरा पत्ता लगाइदिन भन्दै उनले घटनाको भोलीपल्टै हुलिया विवरण सहितको निदेवन इलाका प्रहरी कार्यालय लहानमा दिए । तर, हालसम्म कतै कुनै सुराक नपाइएको उनले बताएका छन् । प्रहरीसँगै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराएपनी हालसम्म फेला पर्न नसकेको आमा किसनी देवीले सुनाइन् ।
खोजीकार्यमा चौधरी दम्पत्तिलाई साथ र सहयोग दिइरहेका रुपनी गाउँपालिकाका समाजसेवी रंजित भगतले दिनेशका सबै साथी, घरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोज तलास गर्दा पनी कतै फेला पर्न नसकेको बताए ।
इलाका प्रहरी कार्यालय लहानले दिनेशको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशै भरका प्रहरी कार्यालयमा पठाई खोजि कार्य जारि राखेको जनाएको छ ।
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
सारांश
- सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएका छन् ।
- दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए ।
- छोरा पत्ता लगाइदिन भन्दै उनले घटनाको भोलीपल्टै हुलिया विवरण सहितको निदेवन इलाका प्रहरी कार्यालय लहानमा दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया