पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 

राजविराज राजविराज
|
आइतबार, भाद्र १६, २०८१
|
|
६० पटक हेरिएको
Shares
पोष्टमार्टमका लागि खाल्डोबाट  बँदेललाई निकालियो 

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी पलार क्षेत्रबाट गत भदौं १२ गते प्रहरीले को.
  • २त.
  • ६९ नं.

दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।

    चोरी शिकारीका क्रममा मारिएको बँदेललाई चार दिनपछी खाल्डोमा गाडिएको ठाउँबाट निकाली वन कार्यालयले पोष्टमार्टम गराउने तयारी गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी पलार क्षेत्रबाट गत भदौं १२ गते प्रहरीले को.२त.६९ नं. को ट्याक्टरमा मारेर राखिएको एउटा बँदेल बरामद गरेको थियो । 
    भदौं १३ गते साँझ उक्त बँदेललाई सवडिभिजन वन कार्यालय कंचनपुरको परिसरमा खाल्डो खनी गाडिएको थियो । अवैध चोरी शिकारी गर्नेहरुले मारेको बँदेल पोष्टमार्टम बिना नै गाडिएको र चोरी शिकारीमा संलग्न भिआइपीहरुलाई जोगाउन खोजिएको भन्दै व्यापक आलोचना हुन थालेपछी सप्तरी डिभिजन वन कार्यालयको पहलमा आइतबार पोष्टमार्टमका लागि गाडिएको बँदेल खाल्डोबाट निकालिएको छ । 
    खाल्डोबाट निकालिएको बँदेल पोष्टमार्टमका लागि शुरुमा कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्र लगिएकोमा त्यहा पशु चिकित्सक तत्काल उपलब्ध नरहेको जानकारी पश्चात् सदरमुकाम राजविराजस्थित जिल्ला पशु सेवा कार्यालय ल्याई पु¥याइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख शुभाषचन्द्र दासले बताए । 
    उनले पोष्टमार्टम रिपोर्ट आएपछि बँदेल मृत्युको स्पष्ट कारण पत्ता लाग्ने बताए । प्रहरीले वेवारिसे अवस्थामा मरेको बँदेल फेला परेको दाबी गर्दै आएको छ । तर स्थानीयले भने चोरी शिकारीमा संलग्न पूर्व तथा वहालवाला उच्चपदस्थ पदाधिकारीदेखी उच्च पहुँच भएका केही व्यक्तिलाई जोगाउन हतार हतारमा पोष्टमार्टम बिनै बँदेल गाडिएको बताउँदै आएका छन् । 
    भदौं १२ को मध्यराती मारिएका बँदेल तथा सोही क्षेत्रबाट राइफल र गोलीसहित पूर्व डिआइजी ज्ञान विक्रम शाह, नेपाल प्रहरीका वहालवाला सई संजय न्यौपाने र पूर्वउपसभामूख गंगाप्रसाद यादवका छोरा आकाश यादवसहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोली पल्ट उक्त घटना फरक फरक भएको भन्दै प्रहरीले पक्राउ परेका सबैलाई जिम्मा जमानीमा छाडेको थियो । 
    सो बारे चौतर्फी प्रश्न उठ्न थालेपछि पोष्टमार्टमका लागि बँदेललाई गाडिएको ठाउँबाट निकाली पोष्टमार्टमको तयारी गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
प्रमुख निर्वाचन आयुक्त डा. यादवको बिदाई 
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
समाजका ज्यूँदा इतिहासको संरक्षण  जरुरी छ ः न्यायाधिश ज्ञवाली
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
ऐतिहासिक शम्भुनाथ मेला सुरु
ऐतिहासिक शम्भुनाथ मेला सुरु