दैनिक समाचारदाता
राजविराज, २० वैशाख ।
सप्तरी जिल्ला अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ ।
आउँदो जेठ ३ गते दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि शुक्रबार दुई समूहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रोतका अनुसार बामपन्थी र संघीय फोरम निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
सोही समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिए ।
त्यस्तै लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अधिवक्ता महेश्वर साहले अध्यक्ष पदमा, उपाध्यक्षमा लोकनाथ यादव, सचिवमा ध्रुब कुमार मण्डल र कोषाध्यक्षमा बिरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच डोमन साह नेतृत्वको समूहबाट सहसचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जानकारी दिएको छ । जेठ ३ गते हुने निर्वाचनका लागि जिल्ला बार एशोसिएशनमा ८६ जना मतदाता रहेका छन् ।
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता
सारांश
- आउँदो जेठ ३ गते दुई वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि शुक्रबार दुई समूहले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
- श्रोतका अनुसार बामपन्थी र संघीय फोरम निकट अधिवक्ताहरुको समूहको नेतृत्व गर्दै अधिवक्ता डोमन साहले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
- सोही समूहबाट उपाध्यक्ष पदमा महेन्द्र प्रसाद देव, सचिवमा ओम प्रसाद यादव र कोषाध्यक्षमा शंकर कुमार मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक अधिवक्ता दुर्गानन्द चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया