मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु

राजविराज राजविराज
|
मंगलबार, मंसिर ११, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु

सारांश

  •     तालिमको उद्घाटन सत्रमा मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् ।
  • उनले मेलमिलापबाट बिवाद समाधान भएमा समय,मांसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताएका छन् ।
  •     मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समासज निर्माण हुने न्यायाधिश रेग्मीको तर्क थियोे ।

दैनिक समाचारदाता
राजविराज ११ मंसिर । 

    मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम राजविराज मंगलबारदेखि शुरू भएको छ । मेलमिलाप परिषद्को आयोजनामा तालिम शुरू भएको हो । 
    तालिमको उद्घाटन सत्रमा मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले मेलमिलापलाई संसारमै उत्कृष्ट प्रक्रियाको रूपमा लिएको बताएका छन् । उनले मेलमिलापबाट बिवाद समाधान भएमा समय,मांसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने बताएका छन् ।
    मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दिर्घकालिन शान्ति सुरक्षा कायम भई असल र सभ्य समासज निर्माण हुने न्यायाधिश रेग्मीको तर्क थियोे । न्याय समितिबाट ८०÷७० प्रतिशत विवाद समाधान हुँदै आएको उनको भनाइ छ ।
    कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज ईजलासका न्यायाधीश वामदेव ज्ञवालीले न्यायाधीशले एक पक्षलाई हराउने र अर्को पक्षलाई जिताउने काम गर्नुपर्दा न्यायाधीशलाई न्यायाधीश भएको हुनुमा गर्व नलाग्ने गरेको बताए । उनले भने, “सफल मेलमिलाप कर्ता हुनु ठूलो गौरव हो । मेलमिलापकर्ताले दुबै पक्षलाई जिताउँछ । दुबै पक्षको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलाप कर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलापप्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको छ ।”
    कार्यक्रममा उच्च बार एशोसियन सप्तरीका अध्यक्ष हरेराम यादवले समयमा फैसला पत्र आउन नसक्नुका कारण जनशक्ति अभाव भएपछि सेवाग्राही र अधिवक्ताको गुनासो रहेको बताए । अदालतमा दरबन्दीभन्दा ५० प्रतिशत कर्मचारी कम रहेकोले अदालतको कामकाज प्रभावित हुँदै आएकोप्रति सम्बन्धित निकायले यसतर्फ गम्भीर हुनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?