सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान

राजविराज राजविराज
|
आइतबार, मंसिर १६, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान

सारांश

  •     डाक्नेश्वरीको वडा नंं १ र ४ वडामा अध्यक्ष पदका लागि भएको मतदानमा ७१.
  • ८१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
  •     वडा नं.

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको छ । 
    डाक्नेश्वरीको वडा नंं १ र ४ वडामा अध्यक्ष पदका लागि भएको मतदानमा ७१.८१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
    वडा नं. १ मा २ हजार ६ सय २३ मतदाता रहेकोमा १ हजार ८ सय ४५ मतदाताले मतदान गरेका छन् भने वडा नं. ४ मा १ हजार ३ सय १९ मतदाता रहेकोमा ८ सय ८६ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
    दुवै वडामा २८३१ जना मतदाताले मतदान गरेका छन् भने मतपेटिका मतगणना स्थलमा ल्याई सकिएको र सर्वदलिय बैठक बस्ने तयारी भईरहेको छ ।
    वडा नं. १ मा २ मतदानस्थल र मतदान ३ केन्द्र र वडा नम्बर ४ मा  १ मतदानस्थल र २ वटा मतदान केन्द्र राखिएको थियो ।
    मतदान सम्पन्न पश्चात् आइतबार साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा मतगणना शुरु हुने निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिए । मतगणनाका लागि गणनास्थल समेत तयार पारिसकिएको उनले बताए । दुई वडाअध्यक्ष पदका लागि विहान ७ बजे देखि ५ बजेसम्म मतदान भएको थियो । दुबै वडामा गरि १६ जना उम्मेदबार चुनावी मैदानमा छन् ।
    यस्तै निर्वाचन आयोगले सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन जनाएको छ । 
    उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
    उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो ।
    एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २ सय ७४ जना र स्वतन्त्र १ सय २ जना गरी जम्मा ३ सय ७६ जना उम्मेदवार रहेका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु