दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
अपाङ्गता भएकाहरुको शिक्षामा पहुँच विषयक प्रदेश स्तरीय सम्वाद राजविराजमा सम्पन्न भएको छ ।
सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले शिक्षामा फरक क्षमता भएका बालबालिकाको सहज पहुँच कायम हुन सके मात्र सबैका लागि शिक्षा अभियान सफल हुने बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि पूर्व कृषि मन्त्री तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले फरक क्षमता भएका तथा फरक लिङ्गी बालबालिकाको लागि गैरसरकारी संस्थाको मात्र भर पर्नुभन्दा पनि जनप्रतिनिधि, राजनितीकर्मी लगायत सबै पक्षले आ आफ्नो तर्फबाट भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिए ।
अपाङ्गगता लगायतका क्षेत्रमा संस्थाले गरेको कामका बारेमा संस्थाका अध्यक्षम अध्यक्ष ध्रुव प्रसाद देवले विवरण प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष देवको अध्यक्षतामा आयोजित कार्यक्रममा एशिया फाउनडेशन मधेश प्रदेशका प्रोजेक्ट म्यानेजर रोशन झा, कार्यक्रम संयोजक राकेश यादव लगायतले पनि बोलेका थिए । कार्यक्रममा मधेश प्रदेश भित्रका शिक्षा क्षेत्रका अगुवा तथा विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
सारांश
- सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।
- कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं.
- ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले शिक्षामा फरक क्षमता भएका बालबालिकाको सहज पहुँच कायम हुन सके मात्र सबैका लागि शिक्षा अभियान सफल हुने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया