अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली

राजविराज राजविराज
|
शुक्रबार, पौष २६, २०८१
|
|
७८ पटक हेरिएको
Shares
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित ३१ औं लोकेन्द्र स्मृति दिवस एवं २९ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्य न्यायाधिश ज्ञवालीले यस्तो बताएका हुन् ।
  •       अहिलेको अवस्थामा प्रविधि विकासले गर्दा पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै उनले समाजलाई विभिन्न सूचनाका साथै सत्यतथ्य, स्वतन्त्र, निश्पक्ष र निडरका साथ कलम चलाउनु पर्नेमा जोड दिए ।
  •       एक अर्को प्रसङ्गमा उनले अदालत न्याय प्रक्रिया सम्पादनमा अहिले निकै अगाडी बढीसकेको अवस्थामा सेवाग्रहीले पाउनु पर्नेअधिकार अझै पाउन नसकेको प्रति गुनासो पोखे ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।

    उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण रहेको बताएका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित ३१ औं लोकेन्द्र स्मृति दिवस एवं २९ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्य न्यायाधिश ज्ञवालीले यस्तो बताएका हुन् । 
    अहिलेको अवस्थामा प्रविधि विकासले गर्दा पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै उनले समाजलाई विभिन्न सूचनाका साथै सत्यतथ्य, स्वतन्त्र, निश्पक्ष र निडरका साथ कलम चलाउनु पर्नेमा जोड दिए । 
    एक अर्को प्रसङ्गमा उनले अदालत न्याय प्रक्रिया सम्पादनमा अहिले निकै अगाडी बढीसकेको अवस्थामा सेवाग्रहीले पाउनु पर्नेअधिकार अझै पाउन नसकेको प्रति गुनासो पोखे । सेवाग्राहीहरु बिचौलियाको कारण न्याय पाउनबाट बञ्चित भइरहेको समेत बताए ।
    नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट रासस राजविराजका संवाददाता अरुण कुमार यादव सम्मानित भएका छन् । पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ ।
    यस्तै प्रेस स्वतन्त्रता सेनानी तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाद्वारा स्थापित वातावरणीय पत्रकारिता पुरस्कार अर्चना परियार दर्जीलाई प्रदान गरिएको छ । 
    आयोजित कार्यक्रममा प्रमुख अतिथी मुख्य न्यायाधिश ज्ञवालीले पत्रकारद्वय यादव र परियारलाई उक्त सम्मान प्रदान गरे । 
    विगत एक दशक देखी पत्रकारीताको माध्यमले समाज उत्थानमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको पुरस्कार छनौट समितीका संयोजक मुरलीप्रसाद यादवले बताए । 
    पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय ललिता साह र राजु विश्वकर्मा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैजनथा झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, विष्णु मण्डल, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंह, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, महासंघका पूर्व सल्लाहकार मनोहर कुमार पोखरेललगायतले स्व. पत्रकार बुढाथोकीको जिवनी बारे प्रकाश गर्दै पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिएका थिए ।
    सप्तरीलाई कार्यक्षेत्र बनाएर निर्भिक, निडर तथा निश्पक्ष पत्रकारिता गर्दै आएका बुढाथोकीको २९ वर्षअघि रहस्यमय मृत्यु भएको थियो । हालसम्म पनि उनको मृत्युको रहस्य भने खुल्न सकेको छैन् । स्व. पत्रकार बुढाथोकीको स्मृती एवं सम्मानमा पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष उनको स्मृति दिवसको अवसर पारेर सप्तरीका एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
हराएका २६ जना मध्ये २० जना फेला
हराएका २६ जना मध्ये २० जना फेला
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण हुँदै, सभाभोजको रकम समाज विकास  कार्यमा लगाउन उपेन्द्र यादवको सुझाव
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु