दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
नगरका गल्लि गल्लिमा खुलेका मदिरा पसलका कारण महिलाहरुलाई उक्त बाटो भएर हिड्न समस्या र असुरक्षा भएको भन्दै यसको उचित व्यवस्थापन गर्न माग गर्दै बुधबार महिलाहरुको एक टोलीले नगरपालिकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
तराई मधेश महिला फाउण्डेशन नेपाल सप्तरी अध्यक्ष सुनिताकुमारी साहको अगुवाईमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
जथाभावी खोलिएका मदिरा पसलबाट मातेर निस्कने गरेका व्यक्तिहरुले महिलाहरुलाई जिस्क्याउने, असभ्य भाषाको प्रयोग गर्ने र समाजको वातावरण नै बिगार्ने गरेको भन्दै ध्यानाकर्षण पत्र मार्फत त्यसको अनुगमन र मदिरा पसललाई जथाभावी दिइने इजाजत पत्र बारे पुर्नमुल्याङकन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
ध्यानाकर्षण पत्रमा मदिरा पसल खोल्ने र बन्द गर्ने समय सीमाको निर्धारण गरिनु पर्ने माग समेत गरिएको छ । ध्यानाकर्षण पत्र बुझदै कार्यवाहक नगर प्रमुख परविनले यसबारे आफूले कडाईका साथ अनुगमन र समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
सारांश
- तराई मधेश महिला फाउण्डेशन नेपाल सप्तरी अध्यक्ष सुनिताकुमारी साहको अगुवाईमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
- जथाभावी खोलिएका मदिरा पसलबाट मातेर निस्कने गरेका व्यक्तिहरुले महिलाहरुलाई जिस्क्याउने, असभ्य भाषाको प्रयोग गर्ने र समाजको वातावरण नै बिगार्ने गरेको भन्दै ध्यानाकर्षण पत्र मार्फत त्यसको अनुगमन र मदिरा पसललाई जथाभावी दिइने इजाजत पत्र बारे पुर्नमुल्याङकन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
- ध्यानाकर्षण पत्रमा मदिरा पसल खोल्ने र बन्द गर्ने समय सीमाको निर्धारण गरिनु पर्ने माग समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया