दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
नगरका गल्लि गल्लिमा खुलेका मदिरा पसलका कारण महिलाहरुलाई उक्त बाटो भएर हिड्न समस्या र असुरक्षा भएको भन्दै यसको उचित व्यवस्थापन गर्न माग गर्दै बुधबार महिलाहरुको एक टोलीले नगरपालिकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
तराई मधेश महिला फाउण्डेशन नेपाल सप्तरी अध्यक्ष सुनिताकुमारी साहको अगुवाईमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
जथाभावी खोलिएका मदिरा पसलबाट मातेर निस्कने गरेका व्यक्तिहरुले महिलाहरुलाई जिस्क्याउने, असभ्य भाषाको प्रयोग गर्ने र समाजको वातावरण नै बिगार्ने गरेको भन्दै ध्यानाकर्षण पत्र मार्फत त्यसको अनुगमन र मदिरा पसललाई जथाभावी दिइने इजाजत पत्र बारे पुर्नमुल्याङकन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
ध्यानाकर्षण पत्रमा मदिरा पसल खोल्ने र बन्द गर्ने समय सीमाको निर्धारण गरिनु पर्ने माग समेत गरिएको छ । ध्यानाकर्षण पत्र बुझदै कार्यवाहक नगर प्रमुख परविनले यसबारे आफूले कडाईका साथ अनुगमन र समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
सारांश
- तराई मधेश महिला फाउण्डेशन नेपाल सप्तरी अध्यक्ष सुनिताकुमारी साहको अगुवाईमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
- जथाभावी खोलिएका मदिरा पसलबाट मातेर निस्कने गरेका व्यक्तिहरुले महिलाहरुलाई जिस्क्याउने, असभ्य भाषाको प्रयोग गर्ने र समाजको वातावरण नै बिगार्ने गरेको भन्दै ध्यानाकर्षण पत्र मार्फत त्यसको अनुगमन र मदिरा पसललाई जथाभावी दिइने इजाजत पत्र बारे पुर्नमुल्याङकन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
- ध्यानाकर्षण पत्रमा मदिरा पसल खोल्ने र बन्द गर्ने समय सीमाको निर्धारण गरिनु पर्ने माग समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया