विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी

राजविराज राजविराज
|
आइतबार, माघ २७, २०८१
|
|
११८ पटक हेरिएको
Shares
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी

सारांश

  •     सप्तरी प्रहरीको भौतिक अवस्था, बसोबासको अवस्था तथा सवारीसाधनको अवस्थाबारे आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीको निरिक्षणका क्रममा उनले यस्तो बताएका हुन् ।
  •       निरिक्षणका क्रममा मन्त्री लेखीले भने, “आफू यही जिल्लाको भएकोले जिल्ला प्रहरी कार्यालयको समस्याबारे अवगत छु ।
  • ” उनले भने, ‘केन्द्र सरकारले हामीलाई कुल ३० प्रतिशत बजेट मात्रै दिएको छ, त्यसकारण हामीले बजेटको हिसाबमा समस्या नै छ ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 

    मधेस प्रदेशका गृह, कानुन तथा संचारमन्त्री राजकुमार लेखीले १५ दिन भित्रै सप्तरी जिल्लाका विभिन्न प्रहरी कार्यालय, प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरुमा देखिएको भौतिक तथा सवारीसाधनहरुको अभावलाई सक्दो समाधान गर्ने बताएका छन् । 
    सप्तरी प्रहरीको भौतिक अवस्था, बसोबासको अवस्था तथा सवारीसाधनको अवस्थाबारे आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीको निरिक्षणका क्रममा उनले यस्तो बताएका हुन् । 
    निरिक्षणका क्रममा मन्त्री लेखीले भने, “आफू यही जिल्लाको भएकोले जिल्ला प्रहरी कार्यालयको समस्याबारे अवगत छु ।” उनले भने, ‘केन्द्र सरकारले हामीलाई कुल ३० प्रतिशत बजेट मात्रै दिएको छ, त्यसकारण हामीले बजेटको हिसाबमा समस्या नै छ । तैपनि आवश्यकता अनुसार प्रदेश सरकारले प्रहरी सहयोग गर्नेछ ।”
    उनले जिल्लाको इलाका प्रहरी कार्यालय कंचनपुर, फत्तेपुरस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय, बरमझियाको सशस्त्र प्रहरीको भवन, डाक्नेश्वरीस्थित नेपाल प्रहरीको चौकी, राजविराजस्थित प्रहरी तालिम केन्द्रमा देखिएको भौतिक तथा सवारीसाधनको अभावलाई १५ दिनभित्रै समाधान गर्ने प्रयासमा रहेको बताए । 
    उनले भौतिक तथा सवारीसाधनको अभाव रहेका जिल्लाका बाँकी प्रहरी कार्यालयहरुमा आगामी वर्षको बजेट बिनियोजन गरि समस्या समाधान गर्ने प्रतबिद्धता समेत जनाएका छन् । 
    निरिक्षणका क्रममा गृहमन्त्री लेखीलाई सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले कार्यालयमा सवारीसाधनको अभाव रहेको बताउँदै उनले सप्तरी जिल्ला प्रहरीको भौतिक अवस्था तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए ।
    ‘सप्तरी प्रहरीमा कुल ३ वटा पिकअप गाडी रहेकाले गस्ती तथा पेट्रोलिङ गस्तीमा समस्या आइरहेको गृहमन्त्रीलाई जानकारी गराइएको छ,’ एसपी खतिवडाले भने, “जिल्लामा एसपी चढ्ने गाडीसहित कुल ३ वटा पिकअप गाडी रहेको छ । जुनकारण जिल्लमा गस्ती, पेट्रोलिङ तथा भिभिआइपी सुरक्षाका लागि सवारीसाधन उपलब्ध गराउन कठिनाइ हुने गरेको छ ।”
    यस्तै उनले सप्तरी प्रहरीलाई भौतिक संरचनाको अवस्था पनि दयनीय रहेको जानकारी पनि गराएका थिए ।
    यसअघि मन्त्री लेखी कै विशेष पहल तथा ब्रिटिस दूतावासको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको नयाँ भवनका लागि ३ करोड बजेट स्वीकृत भएको तथा चालू आ.व. २०८१÷०८२ मै उक्त बजेटबाट नयाँ भवन निर्माणको कार्य सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
सात सय अक्सिजन सिलिण्डर बरामद
सात सय अक्सिजन सिलिण्डर बरामद
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
कृषि विश्वविद्यालयको सिनेटको बैठकबाट विभिन्न प्रस्ताव पारित, रिसर्चको काम समेत सुरुवात गर्ने सहमति
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी