दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘अनस्टपेवल फ्रिडम’ अभियानको घोषणा गरेको छ ।
अपाचे राइडरहरुलाई दुई वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यसाथ अभियानको घोषणा गरिएको राजविराजस्थित आराध्य अटो मोवाइल्स प्रालिका संचालक शैलेन्द्र कुमार साहले जानकारी दिए ।
राजविराजस्थित आराध्य अटो मोवाइल्स टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हो ।
जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागसिप मोडेलहरू टिभिएस अपाचे आरटिआर १६० रिफ्रेस ४ भि एफ डि र अपाचे आरटिआर १६० २ भि रिफ्रेस बिटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो ।
विशेष अफरअन्तर्गत नेपालभरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्टस्, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् ।
स्किमअन्र्तगत ग्राहकवर्गले ३१ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
टिभिएस अपाचे आरटिआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डिएनए अनलिस्ड’ को सिद्धान्तलाई प्रतिविम्बित गर्दछ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पूरा गर्ने कम्पनीको भनाइ छ ।
ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टिभिएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टिभिएसले प्रदान गर्नेछ ।
जगदम्बा मोटर्स प्रालि नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।
टिभिएसको ‘अनस्टपेवल फ्रिडम’ अभियान घोषणा
सारांश
- अपाचे राइडरहरुलाई दुई वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यसाथ अभियानको घोषणा गरिएको राजविराजस्थित आराध्य अटो मोवाइल्स प्रालिका संचालक शैलेन्द्र कुमार साहले जानकारी दिए ।
- राजविराजस्थित आराध्य अटो मोवाइल्स टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हो ।
- जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागसिप मोडेलहरू टिभिएस अपाचे आरटिआर १६० रिफ्रेस ४ भि एफ डि र अपाचे आरटिआर १६० २ भि रिफ्रेस बिटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया