राजविराज÷काठमाडौंको तिनकुनेमा शुक्रवार समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर तथा संचारगृहमा गरिएको आगजनी तथा तोडफोडको बिरोधमा कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले शनिवार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
पत्रकार राउतको हत्यारालाई कारबाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, संचारगृहमा आक्रमण बन्द गर लगायतका प्लेकार्ड व्यानर बोकेर सप्तरीका पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीबाट निकालिएको विरोध ¥याली राजविराजको विभिन्न भाग परिक्रमा गर्दै नेता चौकमा पुगेर बिरोधसभामा परिणत भएको थियो ।
पत्रकारहरुको बिरोध जुलुस नगर परिक्रमा पश्चात स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोधसभामा परिणत भएको थियो । सभामा वक्ताहरुले घटनाको सत्यतथ्य छानबिन, दोषिलाई कारवाही, पत्रकार रजकलाई न्याय तथा उनका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
बिरोध प्रदर्शनमा पत्रकार महासंघका वर्तमान सभापति श्रवण देवका साथै पूर्व अध्यक्षहरु बैजनाथ झा, धिरेन्द्र साह, प्रेस काउन्सीका पूर्व सदस्य अनिलकुमार अनल तथा संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाडौंमा भएको उक्त घटनापछी शनिबार स्थापना दिवसको अवसरमा आयोजन ागर्ने भनिएको प्रभातफेरी तथा स्वास्थय परिक्षण लगायतका कार्यक्रम समेत स्थगित गरिएको पत्रकार महासंघ शाखाले जनाएको छ ।
एभिन्यूज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत राजकलाई समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेका थिए ।
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
सारांश
- पत्रकारहरुको बिरोध जुलुस नगर परिक्रमा पश्चात स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोधसभामा परिणत भएको थियो ।
- सभामा वक्ताहरुले घटनाको सत्यतथ्य छानबिन, दोषिलाई कारवाही, पत्रकार रजकलाई न्याय तथा उनका परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनु पर्ने माग गरेका थिए ।
- बिरोध प्रदर्शनमा पत्रकार महासंघका वर्तमान सभापति श्रवण देवका साथै पूर्व अध्यक्षहरु बैजनाथ झा, धिरेन्द्र साह, प्रेस काउन्सीका पूर्व सदस्य अनिलकुमार अनल तथा संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया