दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
नयाँ वर्षको अवसरमा हरेक वर्ष बैशाख १ गतेदेखी लाग्ने शम्भुनाथ मेला यस पटक पनि लागेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मन्दिर प्राङ्गणमा लाग्ने एक महिने ऐतिहासिक मेला सोमबार विधिवत रुपमा पूजापाठ गरि सुरु भएको हो ।
मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे ।
मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् । पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए ।
यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेको मूल पुजारी सूर्यनारायण झाको भनाई छ । रुपनी र कठौनाको बीचमा पूर्वपश्चिाम राजमार्गदेखी एक किलोमिटर दक्षिणमा अवस्थित यस मन्दिरमा रहेको शिवलिङ्ग करिब ८ फिट जती अग्लो र ३ फिट मोटो कालो पत्थडको छ ।
यस मेलालाई धार्मिक महत्वका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने स्थलको रुपमा पनि लिने गरिएको छ । यस मेलामा विभिन्न प्रकृति र सम्प्रदायका सयौं साधुसन्तहरुको जमघट भई मन्दिर परिसरमा बसी बैशाख महिना भर साधनामा ब्यस्त रहने तथा रातभर भजन किर्तन हुने गरेको छ ।
यस पटक यस मन्दिरमा पूजापाठ तथा एक महिने मेलामा ५ लाख भन्दा बढी भक्तजन आउने मेला समितिको अनुमान छ । तराई मधेश क्षेत्रमा यति लामो समयसम्म अटुट रुपमा मेला लाग्ने यस्ता धार्मिक स्थल कमै छन् ।
ऐतिहासिक शम्भुनाथ मेला सुरु
सारांश
- मेलाको एक समारोहबीच वडा अध्यक्ष समेत रहेका “शम्भुनाथ मेला समिति २०८२” का संयोजक बिजय कुमार साहले पूजापाठ र मन्दिरमा भार (प्रसाद) चढाएर शुभारम्भ गरे ।
- मेला समितिमा नगरपालिकाका १२ वटै वडाका वडाअध्यक्ष मध्ये एक जना संयोजक र अन्य सदस्य छन् ।
- पहिलो दिन तीन हजार भन्दा बढी श्रद्धालुले प्राङ्गणमा रहेको पोखरीमा पवित्र स्नान पश्चात् पूजापाठ गरेको मेला समितिका संयोजक साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया