श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
१०८ पटक हेरिएको
Shares
श्रमिकहरुको योगदानमा सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त

सारांश

  •     उक्त नारासहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले हरेक तह तप्काका मजदुर र पेशाकर्मीले गरेको योगदानको चर्चा गर्दै उनीहरुको अवस्थामा अझै पनि सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
  •     ट्रेड यूनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षता तथा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका सचिव राजदेव यादव, नेपाल प्रेस यूनियनका सचिव रामानन्द देव, इम्ब्रोडी संघ मधेश प्रदेशका अध्यक्ष कमल परियार, पत्रकार महासंघका पूर्व सभापति व्यासशंकर उपाध्याय लगायतले बोल्दै सामाजिक न्याय सहितको समृद्ध राष्ट्र निर्माणका लागि आन्तरिक रोजगारीमा वृद्धि, श्रमिकहरुको उचित पारश्रमिक, जीवनस्तरमा सुधार तथा समाजिक सुरक्षा लगायतका विषयमा राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    नेपाल ट्रेड यूनियन काँग्रेस सप्तरीले “आन्तरिक रोजगारी र समाजिक सुरक्षा हाम्रो अभियान, समाजिक न्याय सहितको समृद्ध राष्ट्रको निर्माण” नारासहित बिहीवार १३६औं श्रमिक दिवस मनाएको छ । 
    उक्त नारासहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले हरेक तह तप्काका मजदुर र पेशाकर्मीले गरेको योगदानको चर्चा गर्दै उनीहरुको अवस्थामा अझै पनि सोचे जस्तो सुधार आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
    ट्रेड यूनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षता तथा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघका सचिव राजदेव यादव, नेपाल प्रेस यूनियनका सचिव रामानन्द देव, इम्ब्रोडी संघ मधेश प्रदेशका अध्यक्ष कमल परियार, पत्रकार महासंघका पूर्व सभापति व्यासशंकर उपाध्याय लगायतले बोल्दै सामाजिक न्याय सहितको समृद्ध राष्ट्र निर्माणका लागि आन्तरिक रोजगारीमा वृद्धि, श्रमिकहरुको उचित पारश्रमिक, जीवनस्तरमा सुधार तथा समाजिक सुरक्षा लगायतका विषयमा राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ