राजविराज÷राजविराजस्थित हुलाकी मार्ग अन्तरगत अदालतदेखी राम मन्दिरसम्मको आधी किलोमिटर सडकखण्डमा सडकपेटी र सडक नै छेकेर फुटफाटे पसलेले पसल थापेपछी आवागमनमा समस्या देखिएको छ ।
सम्बन्धीत निकायले चासो नदिदा ती सडकपेटीमा मात्र नभई झण्डै २५ प्रतिशत जति सडक नै छेकेर व्यापार व्यवसाय गर्न थालिएको हो ।
सडकपेटी र सडक नै छेकेर कारोवार गर्नेहरुमा तरकारी र फलफुल व्यवसायीदेखी चिया र नास्ता पसलेसम्म छन् । सडकमै पसल थापेपछी ओहोर दोहोर गर्ने बाटो साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ ।
उक्त सडक खण्ड नजिकै मालपोत, अदालत, वन लगायतका कार्यालय तथा मुख्य हाटबजार पनि रहेको छ । एकातिर उक्त कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामाग्रि किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउन सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी बिरेन्द्र गुप्ताको भनाई छ ।
यस्तै कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामाग्रि थुपारिदिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको स्थानीयवासी दुखा चौधरीको भनाई छ ।
पैदलयात्रुका लागि बनाइएको बाटोसँगै सडक समेत छेकेर संचालनमा ल्याइएका यस्ता पसलहरु अविलम्ब हटाउनु पर्ने स्थानीयको माग छ ।
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सारांश
- उक्त सडक खण्ड नजिकै मालपोत, अदालत, वन लगायतका कार्यालय तथा मुख्य हाटबजार पनि रहेको छ ।
- एकातिर उक्त कार्यालयहरुमा आउने सेवाग्राहीहरुको चाप र अर्कोतिर हाट बजारमा दैनिक उपभोग्य सामाग्रि किन्न आउने उपभोक्ताको अध्याधिक भिडभाड रहने गरेको बेला सडक नै कब्जा गरेर व्यापार व्यवसाय चलाउन सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीयवासी बिरेन्द्र गुप्ताको भनाई छ ।
- यस्तै कतिपयले भोजभतेरका लागि सडकमै पण्डालले घेरवार त कसैले घर निर्माणका सामाग्रि थुपारिदिनाले बजार क्षेत्र नै अस्तव्यस्त बनाएको स्थानीयवासी दुखा चौधरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया