दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सप्तरीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलित भएका हुन् ।
सप्तरी सुनचाँदी उधोग व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रन्जनले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गरे । उनले सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट खारेज गरि ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राख्दै देशभरका व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
त्यस्तै, बहुमुल्य हिरा तथा पत्थरमा लगाइँदै आएको १३ प्रतिशत भ्याट पनि खारेजको उनीहरुको माग रहेको छ । पहिलो चरणमा दुई दिन सांकेतिक विरोधका लागि देशभर सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
विलासी कर र भ्याट लगाएपछि सुनको लागत मूल्य बढी भएकाले कारोबार नै हुन छाडेकोले आन्दोलन गर्न बाध्य भएको व्यवसायीहरूको भनाई छ ।
विगतमा पनि १० लाख माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउँदै आएको थियो । तर जतिसुकै कारोबार हुँदा पनि छुट्टाछुट्टै बिल बनाएर कर संकलन नगरेपछि सरकारले सबै प्रकारका सुनमा विलासिता कर लगाउन लागेको उनीहरुको आरोप छ ।
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
सारांश
- बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलित भएका हुन् ।
- सप्तरी सुनचाँदी उधोग व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रन्जनले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गरे ।
- उनले सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, १३ प्रतिशत भ्याट खारेज गरि ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राख्दै देशभरका व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया