दैनिक समाचारदाता
राजविराज, १६ असार ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार सेवाग्राहीको पाकेटमार्दै गर्दा एक वृद्ध पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन लाईनमा बसेका राजगढ गाउँपालिका ६ का जाकिर खाँको पाकेट मार्दै गर्दा सुरुङ्गा नगरपालिका १ कडोरवोना बस्ने ६६ बर्षीय बहादुर पासवान पक्राउ परेका हुन् ।
दुई दिन अघि सोही कार्यालयमा नागरिकता बनाउन आएका राजविराज नगरपालिका २ का चन्देश्वर नौनियाको पनि ५ हजार एक सय रुपैयाँ पाकेटमारी भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा लगाइएको सिसि क्यामेराको दुई दिन अघिको फुटेज हेर्दा नौनियाँको पनि पासवानले नै पाकेटमारी गरेको खुलेको छ ।
दुवैजना पीडितको उजूरीको आधारमा पक्राउ परेका पासवानलाई सोमबार नै आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका पासवानलाई नियन्त्रणमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
सारांश
- जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन लाईनमा बसेका राजगढ गाउँपालिका ६ का जाकिर खाँको पाकेट मार्दै गर्दा सुरुङ्गा नगरपालिका १ कडोरवोना बस्ने ६६ बर्षीय बहादुर पासवान पक्राउ परेका हुन् ।
- दुई दिन अघि सोही कार्यालयमा नागरिकता बनाउन आएका राजविराज नगरपालिका २ का चन्देश्वर नौनियाको पनि ५ हजार एक सय रुपैयाँ पाकेटमारी भएको थियो ।
- जिल्ला प्रशासन कार्यालयमा लगाइएको सिसि क्यामेराको दुई दिन अघिको फुटेज हेर्दा नौनियाँको पनि पासवानले नै पाकेटमारी गरेको खुलेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया