कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता

राजविराज राजविराज
|
शनिबार, श्रावण १०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता

सारांश

  •     अग्रवालका अनुसार भगत असार २५ गते बिहान ७ बजेतिर कम्पनीबाट निस्केका थिए ।
  • त्यति बेला कम्पनीमा रहेका कर्मचारी वैद्यनाथ दासलाई “चिया खाएर आउँछु” भन्दै उनी हिडेको संचालक अग्रवालको भनाई छ ।
  •     भगतले प्रयोग गर्ने कम्पनीको ९८०१६२३४५७ नम्बरको मोवाइल चार्जमा लगाएर अर्का कर्मचारी वैद्यनाथ दासलाई चिया खाएर एकै छिनमा आउँछु भनी निस्केका थिए ।

    राजविराज÷राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर विगत १८ दिनदेखी वेपत्ता भएका छन् । 
    चिया खाएर आउँछु भनि काम गर्ने कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ घर भएका ५८ वर्षिय उपेन्द्र कुमार भगत वेपत्ता भएका हुन् । उनी विगत २० वर्ष देखि उक्त कम्पनीमा काम गर्दे आएका थिए ।
    शनिवार कम्पनीका संचालक समेत रहेका उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले भगतको हुलिया विवरण सहित प्रहरीमा निवेदन दिदै खोजतलाशमा सहयोग गरिदिन अपिल गरेका छन् । 
    अग्रवालका अनुसार भगत असार २५ गते बिहान ७ बजेतिर कम्पनीबाट निस्केका थिए । त्यति बेला कम्पनीमा रहेका कर्मचारी वैद्यनाथ दासलाई “चिया खाएर आउँछु” भन्दै उनी हिडेको संचालक अग्रवालको भनाई छ ।
    भगतले प्रयोग गर्ने कम्पनीको ९८०१६२३४५७ नम्बरको मोवाइल चार्जमा लगाएर अर्का कर्मचारी वैद्यनाथ दासलाई चिया खाएर एकै छिनमा आउँछु भनी निस्केका थिए । संचालक अग्रवालले अबेर राती सम्म पनि नफर्केपछि आफन्त, चिनजानका सबै र नेपाल तथा भारतमा रहेका इष्टमित्र सबैमा जानकारी गराएर खोजतलास गर्दा पनि हालसम्म फेला पर्न नसकेको बताए । 
    प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले सम्पर्क बिहिन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य शुरु गरिएको जनाएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
जेसीजद्वारा रक्तदान सम्पन्न
जेसीजद्वारा रक्तदान सम्पन्न
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश