हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ

राजविराज राजविराज
|
आइतबार, श्रावण १८, २०८२
|
|
१२९ पटक हेरिएको
Shares
हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका ७ मझौराका ३९ वर्षिय मनोज राय छन ।
  •       गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो ।
  •       उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा दुई थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 

    सप्तरीमा प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका ७ मझौराका ३९ वर्षिय मनोज राय छन । 
    गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो । 
    उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा दुई थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    पूर्वसूचनाका अनुसार पुगेको प्रहरी टोलीले उनीहरु चढेको स.८प. ८२२५ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्न थालेपछी भाग्न खोज्दा दुई राउण्ड हवाई फायर समेत गरी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 
    पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
आगलागिबाट दश लाख बढीको क्षति
बृहत स्वास्थ्य शिविरमा घुइचो
बृहत स्वास्थ्य शिविरमा घुइचो
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया