नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित

राजविराज राजविराज
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
१८ पटक हेरिएको
Shares
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित

सारांश

  •     लालपुर्जासहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत संघर्ष समिती र राजविराज नगरपालिका बीच दुई बुंदे लिखित सहमति भएसंगै भदौ ७ गते देखी घोषित आन्दोलनका सबै कार्यक्रमहरु तत्कालका लागी स्थगित भएको संघर्ष समितिका संयोजक इरसाद अन्सारीले जानकारी दिएका छन् ।
  •       राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, योजना अधिकृत मनोज यादव, नगरपालिकाका कानुनी सल्लाहकार शिव कुमार चौधरी, संघर्ष समितीका संयोजक इरसाद अन्सारी, प्रवक्ता अनिल देव, श्याम शर्मा लगायतका पदाधिकारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवको उपस्थितीमा भएको सहमतिपत्रमा राजविराज नगरपालिका स्थापना कालदेखी नै वसोवास, भोगचलन र व्यापार व्यवसाय गर्दै आएका नगरवासी अहिलेसम्म लालपुर्जा नपाउँदा आन्दोलनमा उत्रेको विषयलाई नगरपालिका कार्यालयले गम्भीरतापुर्वक लिएको उल्लेख छ ।
  •       विगतमा उक्त जग्गा मालपोत कार्यालयमा लेखत पारित हुने, अदालतबाट हकहस्तान्तरण हुने तथा आर्थिक समस्यामा परेका वेला बैंक तथा वित्तिय संस्थामा सोही जग्गा धितो राखी ऋण कर्जा समेत पाउने गरेकोमा हाल सो सेवा सुविधा रोकिएकाले लालपुर्जाका लागी नगरकार्यपालिकाको निर्णयबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस पत्र पठाउने सहमती पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौ । 

    आन्दोलनरत राजविराज नगरवासी पीडित संघर्ष समिती र राजविराज नगरपालिका कार्यालयबीच दुई बुंदे सहमती भएको छ । 
    लालपुर्जासहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत संघर्ष समिती र राजविराज नगरपालिका बीच दुई बुंदे लिखित सहमति भएसंगै भदौ ७ गते देखी घोषित आन्दोलनका सबै कार्यक्रमहरु तत्कालका लागी स्थगित भएको संघर्ष समितिका संयोजक इरसाद अन्सारीले जानकारी दिएका छन् । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, योजना अधिकृत मनोज यादव, नगरपालिकाका कानुनी सल्लाहकार शिव कुमार चौधरी, संघर्ष समितीका संयोजक इरसाद अन्सारी, प्रवक्ता अनिल देव, श्याम शर्मा लगायतका पदाधिकारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवको उपस्थितीमा भएको सहमतिपत्रमा राजविराज नगरपालिका स्थापना कालदेखी नै वसोवास, भोगचलन र व्यापार व्यवसाय गर्दै आएका नगरवासी अहिलेसम्म लालपुर्जा नपाउँदा आन्दोलनमा उत्रेको विषयलाई नगरपालिका कार्यालयले गम्भीरतापुर्वक लिएको उल्लेख छ । 
    विगतमा उक्त जग्गा मालपोत कार्यालयमा लेखत पारित हुने, अदालतबाट हकहस्तान्तरण हुने तथा आर्थिक समस्यामा परेका वेला बैंक तथा वित्तिय संस्थामा सोही जग्गा धितो राखी ऋण कर्जा समेत पाउने गरेकोमा हाल सो सेवा सुविधा रोकिएकाले लालपुर्जाका लागी नगरकार्यपालिकाको निर्णयबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस पत्र पठाउने सहमती पत्रमा उल्लेख छ । 
    यस्तै उक्त समस्या समाधानका लागी नगरपालिकाको नेतृत्वमा संघर्ष समिती, राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनीधी सम्मिलीत संयुक्त टोलीले जग्गाधनी प्रमाणपत्र उपलब्धका लागी सक्रिय पहल गर्ने दुबै पक्षद्वारा हस्ताक्षरित सहमती पत्रमा उल्लेख छ । 
    कार्यवाहक नगर प्रमुख परवीनले सहमतीको पुर्ण पालना र कार्यान्वयन गराउन आफुले  शुक्रबारै देखी आवश्यक पहल थाल्ने बताइन । 
    नगरपालिकासंग भएको सहमती कार्यान्वयन हुने विश्वास राखेको भन्दै विगत जस्तै धोखा भए हालका लागी स्थगित गरिएको आन्दोलन पुःन चर्काउने संघर्ष समितका संयोजक अन्सारीको भनाई छ । 
    सहमती भए लगत्तै वार्तास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहालले खुशी ब्यक्त गर्दै लालपुर्जा विहीन हजारौ नगरवासीको चाहनालाइ पुरा गर्न आफुले यस अघि पनि प्रयास गरेको तथा आफु जहाँ गएपनि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 
    बि.स. २०१६ साल मै स्थापना भएको राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रका ५ हजार २ सय परिवार अझै लालपुर्जा पाउन सकेका छैनन । जसकारण समस्यामा परेका उनीहरुले संघर्ष समिती नै गठन गरी विगत ५ महिना देखी चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै आएका छन ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
सहुलियत दरका १ सय ३८ बोरा मल कालोबजारी गर्न भण्डारण गरिराखेको अवस्थामा बरामद
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मेयर कप सप्तरी प्रिमियर लिग बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह