दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीका नयाँ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कसैको अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्लामा सरुवा भई आएको केही दिनपछी आइतबार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसित भेटघाट कार्यक्रम आयोजना गरेका उनले यस्तो कुरा बताउँदै कसैको दबाबमा दुई चार दिनमै आफ्नो सरुवा भए त्यसका लागि पनि आफू तयार रहेको स्पष्ट समेत पारे ।
“ऐन, नियम र कानुनको परिधिमा रही जिल्लामा सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा तथा शान्ति, सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन हरसम्भव प्रयास हुनेछ, उनले भने–सुशासनका बिरुद्ध हुने कुनै पनि प्रयासमा कसैसँग सम्झौता हुँदैन ।”
पत्रकारहरुले उजागर गर्ने बिकृती, बिसंगति, अन्याय, अत्याचार लगायतका बेथितिका समाचार आफूहरुका लागि श्रोत मात्र नभई आवश्यक दिशानिर्देश तथा थप जिम्मेवार बनाउन मद्दत पु¥याउने बताए ।
जिल्लाको शान्ति, सुरक्षा, ट्राफिक व्यवस्थापन, सीमानाकाबाट हुने चोरी तस्करी, सवारी दुर्घटना, बसपार्क संचालन, चाडपर्व लक्षित सुरक्षा लगायतका विषयमा उनले संचारकर्मीहरुसँग सुझाव समेत लिएका छन् ।
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
सारांश
- जिल्लामा सरुवा भई आएको केही दिनपछी आइतबार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसित भेटघाट कार्यक्रम आयोजना गरेका उनले यस्तो कुरा बताउँदै कसैको दबाबमा दुई चार दिनमै आफ्नो सरुवा भए त्यसका लागि पनि आफू तयार रहेको स्पष्ट समेत पारे ।
- “ऐन, नियम र कानुनको परिधिमा रही जिल्लामा सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा तथा शान्ति, सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन हरसम्भव प्रयास हुनेछ, उनले भने–सुशासनका बिरुद्ध हुने कुनै पनि प्रयासमा कसैसँग सम्झौता हुँदैन ।
- ” पत्रकारहरुले उजागर गर्ने बिकृती, बिसंगति, अन्याय, अत्याचार लगायतका बेथितिका समाचार आफूहरुका लागि श्रोत मात्र नभई आवश्यक दिशानिर्देश तथा थप जिम्मेवार बनाउन मद्दत पु¥याउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया