कारागारमा असुरक्षित छु ः कैदी यादव 

राजविराज राजविराज
|
बिहिबार, आश्विन २३, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
कारागारमा असुरक्षित छु ः कैदी यादव 

सारांश

  •     प्रोस्टेट रोगका विरामी रहेका उनको अहिले स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
  • गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार भएका २०५ कैदी मध्ये उनी पनि एक थिए ।
  • यद्यपी फरार भएको २५ दिनपछि असोज २० गते उनी आफै कारागार पुगेर आत्मसमर्पण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 

    एक विरामी कैदीबन्दीले आफू कारागारमा असुरक्षित भएको गुनासो पोखेका छन् । कर्तब्य ज्यान मुद्दामा राजविराज कारागारमा जेलजिवन विताइ रहेका सप्तरीको बोदेबरसाइन नगरपालिका ८ निवासी ५५ बर्षीय कामेश्वर भन्ने कमलनारायण यादवले यस्तो गुनासो पोखेका हुन् ।
    प्रोस्टेट रोगका विरामी रहेका उनको अहिले स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार भएका २०५ कैदी मध्ये उनी पनि एक थिए । यद्यपी फरार भएको २५ दिनपछि असोज २० गते उनी आफै कारागार पुगेर आत्मसमर्पण गरेका थिए ।
    फरार भएकै दिन उनी भारतको बिहार राज्य अन्तरगत दरभंगास्थित एक अस्पतालमा पुगेर प्रोस्टेटको शल्यक्रिया गराएका थिए । दुई दिन अघि मुत्र थैलीमा फेरी समस्या बल्झिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जेलर गंगालाल योगीको भनाई छ ।
    यादवले कारागारका चौकीदार मनोज यादव र मिथिलेश यादवले आफूलाई विभिन्न बहानामा दुःख दिने गरेको र प्रतिवाद गर्न खोज्दा ज्यानै मार्नै धम्की समेत दिने गरेको गुनासो गरेका छन् ।
    आफू चौकीदारहरुबाट असुरक्षित भएको बताएका उनले सम्भव भए आफुलाई नभए ती चौकीदारहरुलाई अन्यत्रको कारागारमा सरुवाका लागि पहल गरिदिन सबैसंग आग्रह गरेका छन् ।
    यादवको कैद अवधि अझ ४ बर्ष जति बाँकी छ । जेलर योगीले उक्त प्रकरणबारे चौकीदार र अन्य कैदीबन्दी संग समेत सत्यतथ्य बुझ्ने काम भएको बताए । उनले कैदी यादव प्रोस्टेटको रोगले पीडित भएकाले मानविय आधारमा राम्रो उपचार पाउन सकोस भन्ने मनसायले उनलाई विराटनगर वा काठमाण्डौं जेल सरुवा गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
काँग्रेस सभापति र सचिवद्वारा एक  अर्का माथि आरोप प्रत्यारोप 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
आजदेखी राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै 
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ
अस्पतालका मेसु डा. दासको बिदाई 
अस्पतालका मेसु डा. दासको बिदाई 
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
राप्रपाद्वारा हिन्दु राष्ट्र तथा राजसंस्थाको पक्षमा प्रदर्शन
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
मधेश प्रदेश सरकारबाट एमालेका  मन्त्रीहरुले दिए राजिनामा
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने