दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारकी एक महिला पर्याप्त दाइजो नल्याएको भन्दै ससुराली पक्षबाट प्रताडित भएकी छिन ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गरी २२ वर्षिया सुमन कुमारी मण्डलले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन । विहे भएको चार महिना नवित्दै कुटपीट गर्दै आफूलाई घर निकाला समेत गरिदिएको उनले सुनाइन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल माईती भएकी सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भएको थियो ।
दुबै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा २ लाख ५० हजार नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुबा कृष्णदेवको भनाई छ ।
तर थप दाईजोको रुपमा गाउँ मै आफ्नो नाममा रहेको ५ कठ्ठा जग्गा माग्दै दवाव दिन थालिएको र असमर्थता ब्यक्त गरेपछि छोरीलाई शारिरीक, मानसिक यातना दिन थालिएको बुबा कृष्ण देवले सुनाए ।
उनले छोरीलाई यसरी यातना दिनेमाथी कारवाहीको माग गर्दै न्यायका लागी प्रहरी हुदै अदालत सम्म पुगेको बताएका छन । पत्रकार सम्मेलनमा सुमनले घर निकालामा परेको लामोसमय समाजिक स्तरमा मिलाउने प्रयास मै विते पनि सफल नभएपछि ढिलो गरी न्यायका लागी सरोकारावाला निकायमा पुग्न थालेको बताएकी छिन ।
आफु रंगले गोरो नभइ काली भएकीले विहे गरेको पहिलो दिन देखी नै श्रीमानबाटै तिरस्कारको सुरुआत भएको उनको कथन छ । त्यसपछी दाईजोको निहँुमा पुरै परिवारले यातना दिन थालेको उनले सुनाईन ।
सुमनलाई ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछी उनी लामो समय देखी माईती मै वस्दै आएकी छिन । उनले न्याका लागी पहल गरिदिन सबैसँग आग्रह गरेकी छिन । यसबारे उनका श्रीमान राधेश्याम सँग पटक÷पटक जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको चार महिना मै महिला घर निकाला
सारांश
- बुधवार पत्रकार सम्मेलनको आयोजना गरी २२ वर्षिया सुमन कुमारी मण्डलले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन ।
- विहे भएको चार महिना नवित्दै कुटपीट गर्दै आफूलाई घर निकाला समेत गरिदिएको उनले सुनाइन् ।
- सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल माईती भएकी सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया