भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव

राजविराज राजविराज
|
मंगलबार, मंसिर ९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव

सारांश

  •     त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार कारागारका कैदीबन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन ।
  •       राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए ।
  • यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।

    कारागार कार्यालय सप्तरीमा कैदीबन्दीहरुले विवाह पञ्चमी धुमधामका साथ मनाएका छन् । 
    त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र जनकपुरका राजा जनकका छोरी सीताको विवाह जनकपुरमा भएको दिनलाई सम्झदै जिल्लाका विभिन्न राम मन्दिरमा विवाह पञ्चमी उत्सवका रुपमा मनाईरहेका बेला मंगलवार कारागारका कैदीबन्दीले पनि श्रद्धापुर्वक विवाह पञ्चमी उत्सव मनाएका हुन । 
    राम र सीता माताको माटाका साना मुर्ती र तस्बीर राखेर उनीहरुले पुजापाठ, भजन किर्तन तथा पापबाट मुक्तीका लागी प्रार्थना गरेको कैदी सत्रुघन मुखियाले बताए । यस अवसरमा कतिपय कैदीबन्दी ब्रत समेत वसेको जेलर गंगालाल योगीले बताए । 
    मंगलवारका दिन परेकाले कतिपय कैदीबन्दी हनुमान देउताको पनि पुजापाठ र हनुनमान चालिसा बाचन गरेको उनले सुनाए । 
    विवाह पञ्चमीको अवसर पारेर ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोली पनि कारागारमा सहभागी भई प्रवचन मार्फत पापबाट मुक्ती तथा सत्यमार्गमा हिड्न प्रेरित गरेका छन । 
    ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित ओमशान्ति मिडीयाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीहरुलाई सत्यमार्गमा हिड्न तथा जेलजीवन विताई घर फर्केपछि समाजमा गरिने ब्यवहार तथा आचरण बारे ज्ञान बाँडेका थिए । 
    यता विवाह पञ्चमीको अवसर पारेर यहाँ स्थित राम मन्दीर समितीद्वारा गठित विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीको अगुवाईमा भब्य शोभायात्रा निकालिएको छ । 
    शोभा यात्रामा भक्तजनले जय श्रीरामको नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए । पुजा समितीका संयोजक सुर्य नारायण यादवले समाजिक सदभाव, सुखःशान्ति तथा एकताको सन्देश दिन पनि शोभा यात्रा निकालिएको बताए । 
    यस अवसरमा साँस्कृतिक तथा माहाप्रसाद वितरण, साधु सन्तलाई निशुल्क भोजन लगायतका कार्यक्रमको समेत आयोजना गरिएको रामन्दिर निर्माण समितीका अध्यक्ष खुशीलाल याद वले जानकारी दिए । विवाह पञ्चमीको अवसर पारेर मंगलवार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी रौनक र सहभागिता दुबै बढेको विवाह पञ्चमी उत्सव समारोह तथा पुजा समितीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु