बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी

राजविराज राजविराज
|
बुधबार, मंसिर १०, २०८२
|
|
८० पटक हेरिएको
Shares
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी

सारांश

  •     १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाँ जिवन निर्वाह भत्ता प्रदान गर्ने तयारी मधेश सरकारले थालेको हो ।
  •     मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार सरकारी विभिन्न निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
  •       सरकारले रासायनिक मल अभावका साथै प्राकृतिक विपत्तिबाट किसानले भोग्नु परेको क्षतिको पृष्ठभूमिमा सरकारले सघन अनुगमन, राहत तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    मधेश सरकारले बेरोजगार युवालाई मासिक दुई हजारका दरले जिवन निर्वाह भत्ता दिने तयारी थालेको छ ।
    १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाँ जिवन निर्वाह भत्ता प्रदान गर्ने तयारी मधेश सरकारले थालेको हो ।
    मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार सरकारी विभिन्न निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । 
    सरकारले रासायनिक मल अभावका साथै प्राकृतिक विपत्तिबाट किसानले भोग्नु परेको क्षतिको पृष्ठभूमिमा सरकारले सघन अनुगमन, राहत तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । पछिल्लो पटक मोन्था आँधीका कारण धानबालीमा ठुलो क्षति पुगेको भन्दै उनले प्रभावित किसानहरूलाई प्रतिकट्ठा १५ सय रुपैयाँ राहत वितरणको प्रक्रिया प्रदेश सरकारबाट अघि बढाइएको मुख्यमन्त्रीले जानकारी दिए ।
    नेपाल सरकारद्वारा स्वीकृत मल वितरण व्यवस्थापन कार्यविधि(२०८२ अनुसार प्रदेशका आठै जिल्लामा मलको कालोबजारी, ढिलासुस्ती र अनियमितता रोक्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका मल वितरण समितिलाई पूर्ण रुपमा सक्रिय गरिने, मल नउठाउने वा वितरणमा ढिलाइ गर्ने सहकारी तथा विक्रेताको कोटा तत्काल कटौती गरी आवश्यक स्थानमा सारिने तथा कानुनी कारबाहीसहित कडाइ गरिने मुख्यमन्त्री यादवले बताए । 
    गत वर्षदेखि रोकिएको उखु प्रवद्र्धन खर्च (प्रति क्वीन्टल ७० रुपैयाँ) नपाउँदा किसान र उद्योग दुवै प्रभावित भएको भन्दै मुख्यमन्त्री यादवले संघीय सरकारलाई बक्यौता रकम तुरुन्त निकासा गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
गाजासहित दुई किशोर पक्राउ
गाजासहित दुई किशोर पक्राउ