दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मुस्लिम टोलका अग्निपीडित मो. रहमत मियाँको परिवारलाई एक सामाजिक संस्थाले राहत सामग्री वितरण गरेका छन् ।
पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले धार्मिक हल्फा महिला विकास क्लब सप्तरीले राहत सामग्री वितरण गरेको हो ।
अग्नीपीडित परिवारलाई त्रिपाल, साडी, थाल, ग्लास, डेक्ची, कराही, छोलनी, खाद्यान्न, बाल्टिन, मग, म्याट्रेसलगायतका आवश्यक सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तथा समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक राम कुमार यादव, मो. याकुव तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले आगलागी पीडित परिवारलाई सहयोग गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
पुस १० गते मो. रहमत मियाँको घरमा भएको आगलागीमा करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जल्दा क्षति भएको थियो ।
अग्निपीडित परिवारलाई राहत
सारांश
- पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले धार्मिक हल्फा महिला विकास क्लब सप्तरीले राहत सामग्री वितरण गरेको हो ।
- अग्नीपीडित परिवारलाई त्रिपाल, साडी, थाल, ग्लास, डेक्ची, कराही, छोलनी, खाद्यान्न, बाल्टिन, मग, म्याट्रेसलगायतका आवश्यक सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तथा समाजसेवी ई.
- सूर्य नारायण यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया